Nepali Bahas

06:00 AM - 07:00 AM

Monday, May 28 2018, 06:54 | सोमबार १४, जेठ २०७५ ०६:५४
चमेलिया जलविद्युत् आयोजनाको प्रधानमन्त्रीद्धारा उद्घाटन

३० मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडियो

शनिबार, २७ माघ २०७४| Radio Dhangadhi
चमेलिया जलविद्युत् आयोजनाको प्रधानमन्त्रीद्धारा उद्घाटन

एफएम संवाददाता
दार्चुला २७ माघ । एघार वर्षभन्दा बढी समय लगाएर निर्माण भएको चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन भएको छ ।

शनिबार आयोजना स्थलमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउबाले आयोजनाको उद्घाटन गर्नुभएको भएको हो । यो प्रदेश नं. ७ को सबैभन्दा ठूलो आयोजना हो । आयोजनाको उद्घाटन गर्दै देउवाले आयोजनाले यस क्षेत्रको विद्युत विकासको ढोका खोलेको बताउनुभयो ।

यो क्षेत्रमा जलविद्युत्को धेरै सम्भावना भएको भन्दै प्रधानमन्त्री देउवाले ७ नं. प्रदेशमा मात्रै २० हजार मेगावाट विद्युत उत्पादन हुने विभिन्न अध्ययनले देखाएको उल्लेख गर्नुभयो ।

सुदूरपश्चिमको विकासमा जलविद्युत् विकासले सहयोग र्पुयाउने भन्दै उनले यसैमा लगानी भित्र्याउन सके विद्युत् उत्पादनबाट प्रदेश समृद्ध बनाउन सक्ने धारणा व्यक्त गर्नुभयो ।

जलविद्युतको विकासका लागि चमेलिया आयोजना उद्घाटनले विद्युत उत्पादनमा कोसेढुङ्गा हुन सक्ने प्रधानमन्त्रीको भनाइ थियो। उहाले सरकारी र निजी क्षेत्रलाई विद्युत्मा लगानी गर्न अनुरोध गर्नुभएको छ ।

योसँगै ३० मेगावाट विद्युत पनि राष्ट्रिय प्रशारण लाइनमा थपिएको छ । दार्चुलाको शिखर बलाँचमा रहेको उक्त आयोजनाको १५÷१५ मेगावाट क्षमताका दुईवटा युनिट छन् । पुस २८ गते पहिलो युनिटबाट १५ मेगावाटको विद्युत् उत्पादन थालेर राष्ट्रिय प्रशारण लाइनमा जोडिएको थियो भने माघ १७ बाट अर्काे युनिटको विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

सन् २००७ सालदेखि निर्माण कार्य थालेको आयोजनाल सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौता भन्दा झण्डै ६ वर्ष पश्चात् ३० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

यो समयमा निर्माण लागत बढ्दा र सम्भाब्य बिजुली उत्पादन नहुँदा प्राधिकरणलाई कराडौंको नोक्सानी भयो । चमेलिया जलविद्युत आयोजनाको निर्माण सन् २००७ देखि सुरु भएको थियो यो आयोजनाको सिभिल निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी)ले पाएको थियो । ६११ मिटर सुरुङ खनिसकेका बेला २३२ मिटर क्षेत्रमा चमेलियाको सुरुङ खुम्चिएको थियो ।

त्यसलाई मर्मत गर्दा १ अर्ब ९ करोड रुपैयाँ थप खर्च लाग्ने निष्कर्ष इञ्जिनियरसहितको टोलीले निकालेको थियो । तर, संसदको सार्बजनिक लेखा समितिले भेरियसनमा भ्रष्टाचार भएको भन्दै वीचैमा काम रोक्न निर्देशन दियो ।

यो कुरा थाहा पाएपछि चिनियाँ ठेकेदारले रकम नपाए काम नगर्ने भन्दै काम रोकेका थिए । सन् २०१५ को फेब्रुअरी १० देखि बन्द भएको सुरुङ मर्मतको काम सन् २०१६ को सेप्टेम्बर २८ बाट फेरि सुरु भयो ।

जनार्दन शर्माले ऊर्जा मन्त्री र कुलमान घिसिङले प्राधिकरण्को नेतृत्व सम्हालेपछि समस्यामा अल्झिएको आयोजनालाई तीव्रता दिन सहजीकरण गर्नुभएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं निर्माणस्थलमा पुगेर समयमै काम सक्ने निर्देशन दिनुभएको थियो ।

आयोजना बढी लागत र कार्यान्वयनमा ढिलाई भएका कारण आलोचित समेत बन्न पुगेको थियो ।  आयोजनाको हालसम्मको लागत करिव १५ अर्ब अनुमान गरिएको छ ।

यस मध्ये विद्युत गृह तर्फको जग्गा खरिद, सिभिल निर्माण र इलेक्ट्रो मेकानिकल तथा हाइड्रोमेकानिकल कार्यका लागि करिव ७ अर्ब ८४ करोड एवं परामर्श सेवा तर्फ करिव ६० करोड गरि जम्मा ८ अर्ब ४४ करोड खर्च भएको छ ।

त्यस्तै १३१ किमि लम्बाईको बलाँच(अत्तरिया प्रशारण लाइन निर्माणमा २ अर्ब ५४ करोड खर्च भएको छ । त्यस्तै १३२÷३३ केभी तथा ३३÷११ केभी सवस्टेशन निर्माण र ३३र११ केभी प्रशारण लाईन निर्माणम. १९ करोड ४८ लाख खर्च भएको छ ।

सामाजिक विकास एवं वातावरण संरक्षण कार्यमा ५ करोड मूल्य समायोजना, विदेशी मुद्रा सटहीमा भएको नोक्सानी र प्रशासनिक खर्चमा ३ अर्ब गरी करिव ६ अर्ब १८ करोड ४८ लाख खर्च भएको आयोजना प्रमुै ३० मेगावाट विद्युत पनि राष्ट्रिय प्रशारण लाइनमा  अजय कुमार दाहालले जानकारी दिनुभएको छ । 
 


शनिबार २७, माघ २०७४ ०७:१० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस