---
Saturday, October 20 2018, 23:47 | शनिबार ०३, कार्तिक २०७५ २३:४७
मैत्रिपुण फुटवल प्रतियोगितामा अस्पतालको जित

शनिबार, २७ माघ २०७४| Radio Dhangadhi
मैत्रिपुण फुटवल प्रतियोगितामा अस्पतालको जित

एफएम संवाददाता
धनगढी २७ माघ । धनगढी जेसिस र सेती अञ्चल अस्पतालका कर्मचारीविच भएको मैत्रिपुण फुटवल प्रतियोगितामा सेती अञ्चल अस्पतालका कर्मचारीले जित हात पारेका छन ।

शनिबार धनगढी रगशालामा भएको खेलमा सेती अञ्चल अस्पतालका कर्मचारीले जेसिसलाई ३–२ गोलले पराजित गरेका हुन ।

विजेता बनेको टिमलाई ट्रफी प्रदान गरिएको धनगढी जेसिसका कार्यकारी उपाध्यक्ष तथा मैत्रिपुण फुटवल प्रतियोगिताका सयोजक कमल पनेरुले जानकारी दिनुभयो ।  

यसका साथै विजेता टिमका खेलाडीका लागि टाईम्स क्याफे, खप्तड क्याफे र जापानिस फ्राई राईसले उपलब्ध गराएका नास्ता कुपन प्रदान गरिएको छ । 


शनिबार २७, माघ २०७४ ०४:०३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस