---
Wednesday, February 21 2018, 02:58 | बुधबार ०९, फागुन २०७४ ०२:५८
हराएकी युवती भारतमा फेला

शनिबार, २७ माघ २०७४| Radio Dhangadhi

एफएम संवाददाता
कञ्चनपुर २७ माघ । कञ्चनपुरको  महाकाली नगरपालिका–७ कञ्जभोजकी २१ वर्षीया  लक्ष्मी चन्द हराएको पाँच दिनपछि भारतमा फेला परेकी छिन् ।

पाँच दिनअघि माघ २३ गते घरबाट साथीलाई भेट्न जान्छु भनेर हिँडेकी उहाँ बाटो बिराउँदा भारतमा पुगेकी थिइन् । परिवारजनले लक्ष्मी घर नआउँदा प्रहरीलाई खबर गरेका थिए ।

तत्कालै इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक नरेन्द्र चन्दको टोलीले खोजबिन गर्दै जाँदा लक्ष्मीलाई भारतको नानकमातामा फेला पारेको हो ।

फेला परेकी लक्ष्मीको उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो ।
 


शनिबार २७, माघ २०७४ ०३:५५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस