---
Wednesday, February 21 2018, 03:02 | बुधबार ०९, फागुन २०७४ ०३:०२
चमेलिया जलविद्युत आयोजनाको उदघाटन

शनिबार, २७ माघ २०७४| Radio Dhangadhi
चमेलिया जलविद्युत आयोजनाको उदघाटन

एफएम संवाददाता
दार्चुला २७ माघ । राष्ट्रिय गौरबको चमेलिया जलविद्युत आयोजनाको शिनिबार औपचारिक उदघाटन भएको छ ।

नेपालको लगानीमा निर्माण सम्पन्न भएको ३० मेगावाटको आयोजना प्रधानमन्त्री शेरबहादुर देउवाले स्वईच थिचेर उद्घाटन गर्नु भयो ।

आयोजनाको उद्घाटनका लागि प्रधानमन्त्री देउवा उर्जा मन्त्री सहित हेलिकोप्टरमा विहान त्यहाँ पुग्नुभएको हो ।

बैतडी र दार्चुलाको सिमानदी चमेलियामा २०६३ सालको पुसदेखि निर्माण सुरु भएको चमेलिया जलविद्युत आयोजनाले गएको पुसदेखि परीक्षण उत्पादन सुरु गरेको थियो ।

निर्माण सुरु भएको ठिक ११ वर्षपछि चमेलियाबाट बिजुली उत्पादन सुरु भएको हो । २०६८ सालमा निर्माण सक्ने लक्ष्य राखिएपनि पटकपटक म्याद थप गर्दै ६ वर्ष ढिलो सकिएको हो ।

निर्माण अवधि बढेसँगै आयोजनाको लागत पनि बढेको छ । साढे ८ अर्ब रुपैयामा निर्माण गरिसक्ने भनिएको आयोजनाको कुल लागत बढेर १६ अर्ब पुगेको आयोजनाले जनाएको छ । 


शनिबार २७, माघ २०७४ ०३:४५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस