Nepali Khabar

12:00 PM - 12:15 PM

Wednesday, July 18 2018, 12:03 | बुधबार ०२, साउन २०७५ १२:०३
मातेका कर्मचारीले टेलिकमका कागजात नष्ट गरे

शनिबार, २७ माघ २०७४| Dinesh Thakulla
मातेका कर्मचारीले टेलिकमका कागजात नष्ट गरे

एफएम सवाददाता
अछाम, माघ २७ । 

अछाम — नेपाल टेलिकम अछामले स्थापनाकालदेखि हालसम्म वितरण गरेका नमस्ते, स्काई र सीडीएमए सिमकार्डका करिब ४७ हजार फारम र कार्यालयका अन्य सामग्री कार्यालय प्रमुख खडक धामीले आगो लगाइदिइका छन । मदिरा सेवन गरेको अवस्थामा कागजहरू जलाएको एक कर्मचारीले बताए । 

कार्यालयका सहायक प्रमुख वृकेश साउद र कार्यालय प्रमुख धामी मदिरा सेवन गरेर कार्यालयमा आउने र यी दुई जनाको मिलेमतोमा कार्यालयका महत्त्वपूर्ण सामग्री स्थानीयको सहयोगमा आगो लगाइएको कर्मचारीले बताए ।

‘अछाममा वितरण भएका ४७ हजार फारममध्ये धेरै फारममा उल्लेख गरिएको विवरण कम्प्युटरमा अपडेट गराउन बाँकी थियो । कागजहरू जलाउनैपर्ने भए कागज नष्ट सम्बन्धी ऐन २०२७ अनुसार हेरफेर गरेर जलाउनुपर्छ । ‘

सहायक प्रमुख वृकेश साउदलाई केही दिनअघि मदिरा सेवन गरेर कार्यालयमा पुगेको खबरपछि हिरासतमा पनि राखेका थियौं,’ निमित्त प्रमुख जिल्ला अधिकारी तुलबहादुर काउचाले भने । माथिल्लो निकायमा जानकारी पनि गराइरहेका तर कुनै प्रतिक्रिया नआएको उनले बताए । 

टेलिकमका कर्मचारीको लापरबाहीका कारण अछामका धेरै क्षेत्रमा लाइन विस्तार योजना ३ वर्षयता अलपत्र छ ।

अछामको तुर्माखाद, चौरपाटी, रामारोशन, ढकारी लगायतका धेरै ठाउँमा अहिले पनि टेलिफोन सेवा विस्तार हुन नसक्दा स्थानीय आक्रोशित भएका छन । 

‘मंगलसेनमा साँझ परेपछि नेपाल टेलिकमको टावरले काम गर्दैन । यो सधैंको समस्या हो ।’ स्थानीय जनकराज ढुंगानाले भने ।

फोटो : कान्तिपुर


शनिबार २७, माघ २०७४ ०१:०३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस