INDRENI (Lok Dohori)

10:00 AM - 11:00 AM

Friday, September 21 2018, 10:34 | शुक्रबार ०५, असोज २०७५ १०:३४
सन्यासी (जोगी) ले गरे अर्का सन्यासी (जोगी) को हत्या, हत्यापछि फरार जोगी अत्तरीयावाट पक्राउ

शनिबार, २७ माघ २०७४| Dinesh Thakulla
सन्यासी (जोगी) ले गरे अर्का सन्यासी (जोगी) को हत्या, हत्यापछि फरार जोगी अत्तरीयावाट पक्राउ

एफएम सवाददाता
कञ्चनपुर, माघ २७ । 
सन्यासी (जोगी) चन्द्र गिरीको हत्या गरी फरार भएका अर्का सन्यासी (जोगी) नारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.–४ मा रहेको प्रसिद्ध बनदेवी मन्दिरमा बस्दै आएका सन्यासी–सन्यनसीविच शुक्रवार विवाद हुदा सन्यासी चन्द्र गिरीको हत्या गरी फरार रहेका आरोपि नारायण चौधरीलाई कैलालीको अत्तरिया बजारबाट शनिबार बिहानै पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मणि भट्टले जानकारी दिनु भएको छ ।

अन्दाजी लगभग ३२ वर्षीय नारायण चौधरीले वर्ष ४५ का चन्द्र गिरीको चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

त्यहाँ रहेका अन्य आधा दर्जन महात्माहरु आरती गर्न व्यस्त रहेकै समयमा हिजो साँझ ती दुई जना महात्मा बीच एक आपसमा झगडा हुँदा यस्तो घटना घटेको हो ।

हत्या पश्चात नारायण चौधरी नजिकैको लालझाडी बन हुँदै फरार भएको भन्दै प्रहरीले उनको खोजीका लागि व्यापक प्रहरी परिचालन गरेको थियो ।

उनलाई पक्राउ गरिसकेकाले अब घटनाका विषयमा थप विवरण उनको बयानबाटै लिइने प्रहरीले जनाएको छ ।


शनिबार २७, माघ २०७४ १२:५७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस