Nepali Bahas

06:00 AM - 07:00 AM

Monday, May 28 2018, 06:53 | सोमबार १४, जेठ २०७५ ०६:५३
प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता हुने

शुक्रबार, २६ माघ २०७४| Radio Dhangadhi

एफएम संवाददाता
धनगढी २६ माघ । फागुन ९ गतेदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद र राष्ट्रिय खेलकुद विकाश समिति कैलालीको सयुक्त आयोजनामा फागुन ९ देखि १४ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा साविकका ५ विकाश क्षेत्र र विभागिय टोली एपीएफ गरि ६  टिमले सहभागिता जनाउने प्रतियोगिताका सयोजक तथा कैलाली जिल्ला खेलकुद विकाश समितिका उपाध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेता २ लाख रुपैया प्राप्त गर्नेछन । प्रतियोगिताको तयारी पनि अन्तिम चरणमा पुगेको सयोजक श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगिताका लागि फिल्ड मर्मत गर्ने कार्य अन्तिम चरणमा पुगेको छ भने सवैटिमलाई पत्राार गरिसकिएको छ । प्रतियोगिताको उद्घाटन कसले गर्ने भन्ने हालसम्म टुङगो लागिसकेको छैन ।   


शुक्रबार २६, माघ २०७४ ०७:१६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस