---
Saturday, October 20 2018, 23:45 | शनिबार ०३, कार्तिक २०७५ २३:४५
धनगढी विमानस्थलको अधिग्रहणमा परेका घरको दुई हप्ताभित्रै मुआब्जा वितरण गरिने

शुक्रबार, २६ माघ २०७४| Radio Dhangadhi
धनगढी विमानस्थलको अधिग्रहणमा परेका घरको दुई हप्ताभित्रै मुआब्जा वितरण गरिने

दिनेश ठकुल्ला
धनगढी २६ माघ । धनगढी विमानस्थलको स्तरोन्नतिका लागि अधिग्रहणमा परेका घरको मुआब्जा समेत दुई हप्ताभित्रै वितरण गरिने भएको छ ।

अधिग्रहण गरिएको जग्गामा परेका चार घरको मुआब्जा विरण गरिन लागिएको हो । विमानस्थल स्तरोन्नतिका लागि भन्दै यसअघि केन्द्रबाट जग्गाको मुआब्जाका लागि पठाईएको रकम जग्गा धनीले लिन मानिरहेका छैनन ।

जसका कारण विमानस्थल स्तरोन्नतिको कार्य धकिलिने भन्दै चिन्ता व्यक्त गरएको छ ।   विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गामा परेका चार घरको सम्बन्धित कार्यालयको क्षतिपूर्ति निर्धारण गरिसकेका छन ।

उक्त जग्गामा चार घरपरिवारका साना ठुला घर गोठ गरि १२ वटा सरचना परेका छन । उक्त जग्गामा परेका ति सरचनाको शहरी विकाश तथा भवन डिभिजन कार्यालयले, फलफुल तथा अन्नवालीको कृषि विकाश कार्यालयले, गोवरग्यासको उर्जा कार्यालयले तथा काठको जिल्ला वन कार्यालयले  क्षतिपूर्ति निर्धारण गरेका हुन ।

जसअनुसार उक्त जग्गामा परेका सरचनाको ५१ लाख ५० हजार रुपैया क्षतिपूर्ति निर्धारणगरि धनगढी विमानस्थलले हेड अफिसलाई पठाएको छ । उक्त रकम बढीमा अवका दुई हप्तामा आउने र त्यसपछि घरधनीलाई वितरण गरिने  धनगढी विमानस्थलका प्रमुख छविसिह ठकुल्लाले बताउनुभयो ।

घरको मुआब्जा रकम आउने तयारी भईरहेका बेला यसअघि स्तरोन्नतीका लागि जग्गाको मुआब्जा  बापतको रकम समेत केही घरधनीले लिन मानेका छैनन ।

जिल्ला प्रसाशन कार्यालयका अनुसार रकम कम भएको भन्दै यादव प्रसाद जोशी र जय बहादुर भण्डारीले मुद्धा हालेपछि अन्य १२ जनाले मुआब्जा रकम बुझेका छैनन ।

मुआब्जाका लागि ८ करोड ११ लाख रकम निकासा भएकोे दुई महिनापुगिसकेको छ तर, जग्गा धनीले उक्त रकम लिन मानिरहेका छैनन । जसका कारण विमानस्थल स्तरोन्नतिको कार्य धकिलिने धनगढी विमानस्थलका प्रमुख ठकुल्लाले बताउनुभयो ।

धनगढी विमानस्थलमा अहिले बुद्ध, सौर्य, श्री एयरलाईन्स र नेपाल एयरलाईन्सका गरी काठमाण्डौं–धनगढी–काठमाडौ दैनिक चार उडान भईरहेका छन् ।

तर सामान्य तुँवालो लागेका बेला पनि धावनमार्गमा अवतरणका लागि असहजता हुने भएकाले हिउँदका बेला दैनिक जसो उडानहरु रद्ध हुँदै आएका छन । यसको समाधान भीओआर÷डिएमई नामक यन्त्र जडान गरेमा हुनेछ ।

भीओआर÷डिएमई जडानको अध्ययनका लागि नेपाल नागरिक उडड्यन प्राधिकरण र जापान अन्तराष्ट्रिय सहयोग नियोग जाईकाको पनि बुधबार मात्रै धनगढी आईपुगेको छ ।

उक्त टोलीले अध्ययनपछि अर्को वर्षको मसिरमा उक्त मेसिन जडान गरिसक्ने तयारी गरेको छ । तर, अधिग्रहण गरिएको जग्गा धनीले मुआब्जा नबुझेमा मेसिन जडानमा ढिलाई हुने टोलीका एक जना सदस्य तथा नेपाल नागरिक उडड्यन प्राधिकरणका उपनिर्देशक सञ्जिव सिह कडायतले बताउनुभयो ।

धनगढी विमानस्थलाई अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउने प्रमुख चुनावी एजेण्डा बनाएर कैलाली ५ बाट जिेता सासद नादमुनीरानाले स्तरोन्नतिका लागि पहल गरिरहेको बताउनुभएको छ ।

पर्यटन तथा नागरिक उडड्यन प्राधिकरणका अधिकारीसग भेटेर विमानस्थल स्तरोन्नतिका लागि पहल गरेको र चाडै मेसिन जडान भएर अन्तराष्ट्रिय विमानस्थल बनाउने रानाले बताउनुभयो ।

भीओआर नामक उपकरणले पाईलटलाई विमानस्थलको डिजिटल दिशा बताउने र डिएमई नामक उपकरणले विमानस्थलसम्मको दुरी निर्देश गर्ने भएकाले, हिउदमा लाग्ने सामान्य हुस्सुमा जहाज अवतरण र उडान गर्न सकिनेछ ।

यी दुबै उपकरण नभएका कारण हरेक हिउँदमा सामान्य तुवालोमा पनि उडानहरु अवरुद्ध हुँदा यस क्षेत्रका यात्रुहरु समस्या झेल्दै आएका छन ।
 
 


शुक्रबार २६, माघ २०७४ ०३:२९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस