---
Sunday, August 19 2018, 09:10 | आइतबार ०३, भदौ २०७५ ०९:१०
सुनको भाउ बढ्यो

शुक्रबार, २६ माघ २०७४| Radio Dhangadhi
सुनको भाउ बढ्यो

एफएम संवाददाता
धनगढी २६ माघ । सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ बढेको हो । सुन बिहीबार तोलाको ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।  


शुक्रबार २६, माघ २०७४ ०२:४१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस