---
Sunday, August 19 2018, 09:10 | आइतबार ०३, भदौ २०७५ ०९:१०
जुनीयर फुटवल च्याम्पीयनसिप हुने

फारवेष्ट पशुपति कपको आयव्यय सार्वजनिक

बिहिबार, २५ माघ २०७४| Radio Dhangadhi
जुनीयर फुटवल च्याम्पीयनसिप हुने

एफएम संवाददाता
धनगढी २५ माघ । धनगढीमा फुटवलको जुनीयर च्याम्पीयनसिप हुने भएको छ ।

विगत तिन बर्षदेखी सिनीयर फुटवल प्रतियोगीता आयोजना गर्दै आएको फारवेष्ट पशुपति युवा क्लवले छात्र, छात्रा जुनीयर च्याम्पीयनसिप गर्ने भएको हो ।

बिहिबार क्लवले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगीता बारे जानकारी दिएको हो । जेठ ७ गते देखी आयोजना गरीने च्याम्पीयनसिपमा छात्र तर्फ ३२ र छात्रा तर्फ १२ वटा टिमको सहभागीता रहने छ ।

प्रतियोगीताको विजेतालाई नगद ५०÷५० हजार तथा उप विजेतालाई २५÷२५ हजार प्रदान गरीने आयोजक फारवेष्ट पशुपति युवा क्लवका अध्यक्ष खेम रावतले जानकारी दिनुभयो ।

स्कुल स्तरबाटै फुटवलका परिपक्क खेलाडी जन्माउने उद्येश्यक साथ प्रतियोगीता आयोजना गर्न लागीएको उहाँले बताउनुभयो । यस्तै गत मंसिरमा धनगढीमा आयोजना भएको ग्यालेक्सी पब्लिक स्कुल तेस्रो फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको आज आय–व्यय सार्वजनीक गरीएको छ ।

आयोजक फारवेष्ट पशुपति युवा क्लब धनगढीले पत्रकार सम्मेलन गरेर १६ लाख १६ हजार रुपैया बराबरको आय–व्यय सार्वजनीक गरेको हो ।

प्रतिगोगिताबाट क्लवलाई २४ हजार रुपैया फाईदा भएको क्लवका कोषध्यक्ष डेविट खडकाले बताउनुभयो । प्रतियोगिताका लागि मुख्य प्रायोजक ग्यालेक्सी पव्लीक स्कुलबाट १ लाख ५० हजार, धनगढी उप–महानगरपालिकाबाट १ लाख ५१ हजार रकम संकलन भएको थियो ।

प्रतियोगीताको विजेताले ३ लाख र उप विजेतालाई १ लाख ५० हजार पुरुष्कार वितरण गरीएको थियो । यस्तै फारवेष्ट पशुपति क्लवले तिन जना नयाँ सदस्य थपेको छ । डवीन शाही, निलेष विष्ट र रिकेश चौधरीलाई क्लवको सदस्यमा नियुक्त गरेको हो । 
 


बिहिबार २५, माघ २०७४ ०७:०० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस