---
Wednesday, February 21 2018, 02:59 | बुधबार ०९, फागुन २०७४ ०२:५९
७ नम्बर प्रदेशमा ४ हजार प्रहरीहरु आवश्यक

बिहिबार, २५ माघ २०७४| Radio Dhangadhi

एफएम संवाददाता
डोटी २५ माघ । ७ नम्बर प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक माधव कुमार नेपालले ७ नम्बर प्रदेशमा ४ हजार प्रहरीहरु अझै आबस्यक रहेको बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले बिहिबार जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रदेस प्रहरी प्रमुख नेपालले ७ नम्बर प्रदेसमा कम्तिमा पनि ४ हजार प्रहरी जनशक्ति आबस्यक रहेको बताउनु भएको हो ।

उहाले प्रदेस नम्बर ७ का बिभिन्न क्षेत्रहरुमा प्रहरी चौकिको समेत आबस्यकता रहेको बताउनु भयो । आवश्यक जनशक्तिका लागि आफुहरुले माथील्लो तहमा माग गरीरहेको उहाले बताउनु भयो ।

देश संघियतामा गईसकेपछी प्रहरीको प्रदेशको संरचना कस्तो हुन्छ भन्ने प्रश्नको जवाफमा उहाले प्रहरी ऐन ड्राफ्ट भईसकेकोले अन्तिम रुप नहुदा सम्म कस्तो हुन्छ भन्ने विषयमा केही भन्न नसकीने बताउनु भयो ।

उहाले ७ नम्बर प्रदेसको सुरक्षा अबस्था अहिले सामान्य रहेको बताउनु भयो । तराइ र पहाड दुबै क्षेत्रको शान्ति सुरक्षाको अबस्था सामान्य रहेको उहाले बताउनु भयो ।  


बिहिबार २५, माघ २०७४ ०६:४९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस