---
Wednesday, February 21 2018, 02:56 | बुधबार ०९, फागुन २०७४ ०२:५६
व्यत्तिगत लगानीमा खानेपानीको धारा निर्माण

बिहिबार, २५ माघ २०७४| Radio Dhangadhi
व्यत्तिगत लगानीमा खानेपानीको धारा निर्माण

एफएम संवाददाता
अछाम २५ माघ । अछामको चौरपाटी गाउँपालिका वडा नं ६ दुनीमा एक स्थानीयवासीले आफ्नै लगानीमा खानेपानीको धारा निर्माण गरेका छन् ।

स्थानीय तुले साउदले चौखुट्टे बजारबाट दुनी जाने बाटोमा रहेको सिमशैलीमा आफ्नो व्यक्तिगत लगानीमा खानेपानीको धारा निर्माण गर्नुभएको हो ।  करिब ८० हजार व्यक्तिगत लगानीमा खानेपानीको धारा निर्माण गरेको साउदले बताउनुभयो ।

पानीको मुहान संरक्षण गर्न तथा आउने जाने बटुवा र स्थानीयवासीलाई पानी पिउन सहज होस् भन्ने उद्देश्यले धारा निर्माण गरिएको हो ।

साउदले धारा निर्माण गरेपछि स्थानीयवासीलाई नुहाउन र बटुवालाई पानी पिउनसमेत निकै सहज भएको स्थानीयवासी भानसिंह साउदले बताउनुभयो ।

यस्तै उक्त कार्यले पानीको मुहान संरक्षणमा समेत टेवा पुगेको छ ।    


बिहिबार २५, माघ २०७४ ०४:१५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस