Western Hit’s

07:00 PM - 08:00 PM

Thursday, January 17 2019, 19:25 | बिहिबार ०३, माघ २०७५ १९:२५
जिपको ठक्करबाट एक युवतीको मृत्यु

बिहिबार, २५ माघ २०७४| Radio Dhangadhi

एफएम संवाददाता
कञ्चनपुर २५ माघ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत कञ्चनपुरको झलारी–बाणी सडक खण्डको बनहरा पुलमा जिपको ठक्करबाट आज एक युवतीको मृत्यु भएको छ ।

धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको बा १३ च ३९०४ नम्बरको जिपले बनहरा पुलमा पैदल हिडिरहेकी शुक्लाफाँटा नगरपालिका–१ की २० बर्षिया हजारी विकलाई ठक्कर दिदा घटनास्थलमै उनको मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मणी भट्टले चालक र जिप प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिनुभयो ।

युवतीको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएको छ । मृतक विक पैदल हिडेर बंकस्थित शिविरमा दिदीलाई भेट्न जादैं थिइन ।


बिहिबार २५, माघ २०७४ ०३:५९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस