Latest Nepali pop songs

12:15 PM - 01:00 PM

Wednesday, July 18 2018, 12:16 | बुधबार ०२, साउन २०७५ १२:१६
धनगढी विमानस्थलमा भिओआर/डिएमइ नामक उपकरण जडानको अध्ययन टोली धनगढी

बिहिबार, २५ माघ २०७४| Radio Dhangadhi
धनगढी विमानस्थलमा भिओआर/डिएमइ  नामक उपकरण जडानको अध्ययन टोली  धनगढी

धनगढीमा 
दिनेश ठकुल्ला
धनगढी २५ माघ । धनगढी विमानस्थलमा भिओआर-डिएमइ नामक उपकरण जडानका लागि नेपाल नागरिक उडड्यन प्राधिकरण र निर्माण कम्पनीको चार सदस्यीय टोली बुधवार धनगढी आईपुगेको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका उपनिर्देशक सञ्जिव सिह कठायत सहित निर्माण कम्पनी  नेपाल ईको चार्ली (एनईसि)का प्राविधिकको टोली धनगढी आई पुगेको थियो ।

प्राधिकरणसँग जापान अन्तराष्ट्रिय सहयोग नियोग जाईकाले दुई वर्षअघि नै धनगढी विमानस्थलमा भिओर÷डिएमई र एप्रोच लाईट जडानको सम्झौता गरेबमोजिम त्यसको अध्ययनपछि मेसिन जडान गर्ने उदेश्यका साथ उक्त टोली आएको छ ।

टोलीले बुधवारदेखि विमानस्थल टावर, मेसिन कहा, कसरी र कुन ठाउमा जडान गर्ने भन्नेबारे अध्धयन सुरु गरेको छ ।

अधिकारीका अनुसार अर्को वर्षको हिउददेखी धनगढी विमानस्थलमा जहाजको दिशा निर्देश गर्ने उपकरण भिओर, पाइलटलाई विमानस्थल र जहाजको दुरीको निर्देश गर्ने डिएमई र रात्रीकालीन उडानका लागि एप्रोच लाईट जडान कार्य सुरु हुनेछ । 
 


बिहिबार २५, माघ २०७४ ०३:५२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस