---
Wednesday, February 21 2018, 03:05 | बुधबार ०९, फागुन २०७४ ०३:०५
बझाङ सदरमुकाममै खानेपानीको हाहाकार

बुधबार, २४ माघ २०७४| Admin
बझाङ सदरमुकाममै खानेपानीको हाहाकार

एफएम सवाददाता
बझाङ, माघ २४ । 

वार्षिक खानेपानी मर्मत भनेर विभिन्न निकाय र जयपृथ्वी नगरपालिकाबाट करोडौँ रकम विनियोजन गरिन्छ तर उचित काम र व्यवस्थापनको कमजोरीका कारण जिल्लाको सदरमुकाम चैनपुरमा बस्दै आएका विभिन्न निकायका कर्मचारी र विद्यार्थीको पढाइमा खानेपानीको व्यवस्था नहुँदा समस्या भएको छ ।

अध्ययनका लागि चैनपुरमा डेरा लिएर बस्नुपर्ने बाध्यतासँगै पानीका लागि दुई घण्टा टाढाबाट खानेपानी बोकेर ल्याउनुपर्दा पढाइमा असर परेको छ भने दिसा धुने पानी नपाउँदा दिसामुक्त जिल्ला घोषणाको पनि कुनै औचित्य नभएको जयपृथ्वी बहुमुखी क्याम्पसका विद्यार्थी कृष्ण सिंह बताउँनुभयो ।

होस्टेलमा बस्ने बालबालिकालाई स्वच्छ पानी पिउन त परै जाओस् हातमुख धुन पनि साहै्र समस्या भएको छ । दैनिक पानी दिने ठाउँमा तीन दिन र चार दिन पछि पानी आउने भएपछि बाउली खोलाको दूषित पानी उपभोग गर्न बाध्य भएको खप्तड बोर्डिङ स्कुलका शिक्षक मोहन विकले बताउनुभयो ।

नगरपालिका र स्थानीय तहको निर्वाचन भइसके पछि दैनिक आधारभूत आवश्यकता पुरा गर्न चासो नदेखाउँदा जयपृथ्वीबहादुर सिंहको नाममा नगरपालिका बनाउनु पनि लाज लाग्ने स्थानीयवासी जोग कठायतको भनाइ छ । 
 


बुधबार २४, माघ २०७४ ०६:५६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस