---
Saturday, October 20 2018, 23:45 | शनिबार ०३, कार्तिक २०७५ २३:४५
दश महिनासम्म तलव नपाएपछि विद्यालयमा ताला

बुधबार, २४ माघ २०७४| Admin
दश महिनासम्म तलव नपाएपछि विद्यालयमा ताला

एफएम सवाददाता
कञ्चनपुर, माघ २४ । 

दश महिनासम्म अध्यापन गरेको पारिश्रमिक नपाएपछि कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित बैजनाथ आधारभूत बहुभाषिक विद्यालयमा कार्यरत निजी स्रोतका छ जना शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् ।

आफूहरुलाई पारिश्रमिक दिने विषयमा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले चाँसो नदिएको भन्दै शिक्षकले सामूहिकरुपमा विद्यालयमा तालाबन्दी गरेका हुन् ।

शिक्षकको तालाबन्दीका कारण विद्यालयका पढाइ प्रभावित बन्न पुगेको छ । विद्यालयका प्रधानाध्यापक जादुराम रानाले शिक्षकको १० महिनाको करिब पाँच लाख तलबबापतको रकम दिन बाँकी रहेको जानकारी दिनुभयो ।

२५५ जना विद्यार्थी रहेको उक्त विद्यालयमा ८० प्रतिशतभन्दा बढी आदिवासी÷जनजाति समुदायको विद्यार्थी अध्ययनरत छन् ।

आम्दानीका नाममा विद्यालयसित रहेको चार बिगाहा जमिन लिजमा दिए पनि थोरै रकम आउने गरेको उहाँले बताउनुभयो ।

विद्यालय सञ्चालनका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघ÷संस्थासित गुहार मागिरहेको प्राधानाध्यापक रानाको भनाइ थियो । 
 


बुधबार २४, माघ २०७४ ०६:५० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस