---
Wednesday, February 21 2018, 03:09 | बुधबार ०९, फागुन २०७४ ०३:०९
प्रधानमन्त्री देउवाले फागुन ६ गते राजीनामा दिने !

बुधबार, २४ माघ २०७४| Hari Joshi
प्रधानमन्त्री देउवाले फागुन ६ गते राजीनामा दिने !

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते राजिनामा दिने भएका छन् । देउवा निकट श्रोतका अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको अन्तिम नतिजा राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको भोलिपल्ट राजीनामा गर्नेगरी निकटहरुसँग छलफल चलाएका हुन् । 
निर्वाचन आयोगले प्रकृया छोट्याएर फागुन ५ गते प्रतिनिधि सभासदस्यको समानुपातिक परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । त्यसअनुसार कुनै प्राविधिक गडबडी नभए देउवाको राजिनामा फागुन ६ गते आउने छ । 
कानुन मन्त्री यज्ञ बहादुर थापाले पनि चुनावी सरकार भएकाले चुनावको नतिजा आएपछि सरकारमा बसिरहन नमिल्ने बताए । ‘यो चुनावी सरकार हो, चुनावको नतिजा आएको भोलिपल्ट नै प्रधानमन्त्रीले राजिनामा दिनुहुन्छ’ मन्त्री यज्ञबहादुर थापाले  बताए ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन सकिएपनि प्रधानमन्त्री देउवाले राजिनामा नदिएको भन्दै आलोचना हुदै आएको छ ।

- रातोपाटी बाट


बुधबार २४, माघ २०७४ ०२:५३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस