INDRENI (Lok Dohori)

10:00 AM - 11:00 AM

Friday, September 21 2018, 10:35 | शुक्रबार ०५, असोज २०७५ १०:३५
प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम

बुधबार, २४ माघ २०७४| Hari Joshi
प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम

 धनगढी २४ माघ । सबै नागरिकलाई स्वास्थ्यको पहुचमा पुर्याउने उद्देश्यले सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रम कैलालीमा अझै पनि प्रभावकारी हुन सकेको छैन । कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम सरकारी स्वास्थ्य संस्थामा राम्रो सेवा नपाउदा प्रभावकारी हुन नसकेको हो । 
२०७२ साल देखी सुरु भएको स्वास्थ्य बिमा कार्यममा हालसम्ममा कैलालीमा १ लाख ४२ हजार ४ सय ८० जनाले स्वास्थ्य बिमा गरेको सामाजिक स्वास्थ्य समिती धनगढीले जनाएको छ । २८ सय ९३ घरधुरीले स्वास्थ्य बिमा गरेको सामाजिक स्वास्थ्य समिती धनगढीका प्रबन्धक अनमोल रावलले बताउनुभयो । 

कैलालीमा सबै भन्दा पहिला स्वास्थ्य बिमा लागु गरे पनि लक्ष्य अनुसार मानिसले स्वास्थ्य बिमा गरेका छैनन । समयमा डाक्टर नपाउनु, स्वास्थ्य सेवा प्रभावकारि नहुनुले पनि सोचे अनुरुपमा स्वास्थ्य बिमा नगरेको बताईएको छ । स्वास्थ्य बिमा पनि अन्य बिमा जस्तै सोच्नु, दर्ता सहयोगी नहुनुले पनि प्रभावकारि नभएको हो । 
स्वास्थ्य बीमा गराएका ब्यक्तिले सूचीकृत गरिएका सरकारी अस्पतालहरुबाट बर्षमा ५० हजार बराबरको स्वास्थ्य सेवा निशुल्क पाउछन । ९२० प्रकारका औषधी निशुल्क पाउने व्यवस्था गरेको छ । एक परिवारका ५ जनाले २५ हजारको बिमा भर्न पाउने व्यवस्था रहेको छ । त्यो बापत ५० हजार बराबरको स्वास्थ्य सेवा निशुल्क पाउने गरेको रावलले बताउनुभयो ।
 
कैलालीमा हाल टिकापुर अस्पताल मालाखेती अस्पताल, सेती अञ्चल अस्पताल सहित अन्य चार वटा प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य बीमा गरेकाहरुले निशुल्क स्वास्थ्य सेवा पाउने गरेका छन ।

कैलालीमा रहेका १२ हजार घरधुरिका अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमा गरिने भएको छ । अति विपन्न परिवारको जेठ देखी लागुहुने गरि निशुल्क स्वाथ्य विमा गरिने रावलले बताउनुभयो । 
 


बुधबार २४, माघ २०७४ ११:१० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस