---
Wednesday, February 21 2018, 03:20 | बुधबार ०९, फागुन २०७४ ०३:२०
अत्तरियामा प्रादेशिक महोत्सब हुदै

बुधबार, २४ माघ २०७४| Hari Joshi
अत्तरियामा प्रादेशिक महोत्सब हुदै

धनगढी, माघ २३ । कैलालीको अत्तरियामा आउदो फागुन २३ गतेदेखि चैत्र ४ गते सम्म प्रादेशिक महोत्सब हुने भएको छ ।

आयोजक अत्तरिया उद्योग बाणिज्य संघले अत्तरियामा पत्रकार सम्मेलनको अयोजना गरि महोत्सवका बारेमा जानकारी गराएको हो ।

“समृद्ध प्रदेशको आधार : कृषि ,पर्यटन र ब्यापार ” भन्ने मुल नाराका साथ तेसो्र संस्करणमा आयोजना हुन लागेको यस पटकको महोत्सव बिगतका बर्षभन्दा केहि ढिलो हुन गैरहेको र फरक रहने आयोजक अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष बसन्त रोकाया ललितले जानकारी दिनुभयो ।

अत्तरिया स्थित पुरनै ठाउ लामिताल परिसरमा संञ्चालन हुने महोत्सवमा १५० ओटा बभिन्न खाले स्टलहरु रहने छन ।

अघिल्ला बर्षहरु महोत्सव अवलोकन गर्नेको संख्या ६० देखि ७० हजारको हारहारीमा रहने गरेकोमा यसबर्ष दर्शकहरुको संख्या बढाएर ७० देखि ७५ हजारको हाराहारीमा पुञ्याउने लक्ष्य राखिएको छ ।

१२ दिन सम्म संञ्चालन हुने महोत्बसमा ढाई देखि तिन करोड सम्मको कारोवार हुने अनुमान गरिएको अध्यक्ष रोकायाले जानकारी दिनुभयो । 

प्रदेश नं ७ को कृषि तथा पर्यटन ब्यवसायलाई उजागर गर्न तथा यहाको ब्यापार ब्यावसायलाई थप ब्यवसायिकरण गर्न महोत्सवले महात्वपुर्ण योगदान पुञ्याउने आयोजकको भनाई रहेको छ ।

उधोग बाणिज्य संघले महोत्सव संञ्चालन गरेको पहिलो बर्षमा अत्तरियामा रहेको लामीतालको संरक्षण, दोसो्र बर्षमा खेलकुदको बिकासका लागी रेस्लिनको ब्यबस्था गरेकोमा यस बर्ष दर्शकहरुलाई ७ नं प्रदेशका बिभिन्न पर्यटकिय स्थलहरुमा घुम्ने ब्यबस्था मिलाएको छ ।

अध्यक्ष रोकायाले प्रबिधिक कारणले कुनै समस्या नआएमा हेलिकप्टर मार्फत प्याकेज बनाएर यस क्षेत्रका पर्यटकिय क्षेत्र खप्तड, शुक्लाफाटा लगाएतका बिभिन्न क्षेत्रहरुमा घुम्ने ब्यबस्था मिलाएको बताउनुभयो । 

महोत्सव अबधिभर दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बिशेष प्रस्तुति रहनुका साथै स्थानिय खानाका परिकारहरु पनि राखिएको आयोजकले बताएको छ । 


बुधबार २४, माघ २०७४ १०:४९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस