Khabar Raftar

07:00 AM - 07:30 AM

Monday, May 28 2018, 07:02 | सोमबार १४, जेठ २०७५ ०७:०२
धनगढीमा राना होमस्टे मेला

बुधबार, २४ माघ २०७४| Hari Joshi
धनगढीमा राना होमस्टे मेला

धनगढी २३ माघ । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ बेलामा पहिलो पटक राना होमस्टे मेलाको आयोजना गरिने भएको छ । राना होमस्टे सञ्चालनका लागि तथा लोपोन्मुख अवस्थामा रहेको राना सस्कृतिलाई उजागर गर्नका लागि फाुगन ३ देखि ५ गतेसम्म पहिलो पटक राना होमस्टे मेलाको आयोजना गर्न लागिएको हो ।

आयोजक राना कला एवम सस्ृकति सरक्षण समाजले  धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै राना होमस्टे मेलाको तयारी पनि सुरु गरिएको जनाकारी दिएको छ । राना कला एवम सस्ृकति सरक्षण समाजका अध्यक्ष महाविर रानाले होमस्टे सञ्चालन गर्न, राना समाजलाई एकताबद्ध गर्न र राना सस्कृतिलाई नया पुस्तामा हस्तान्तरण गर्नका लागि मेलाको आयोजना गर्न लागिएको बताउनुभयो ।

मेलामा कैलाली कञ्चनपुरका सम्पूर्ण राना गाउका भलमान्सा, राना समाजका अगुवाको उपस्थिति र राना जातिका सम्पूर्ण नाचहरु प्रदर्शन गरिने रानाले जानकारी दिनुभयो । मेलामा होमस्टे सञ्चालनका लागि २० भन्दा बढी घर तयार पारिने जनाईएको छ ।


बुधबार २४, माघ २०७४ १०:४४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस