Nepali Bahas

06:00 AM - 07:00 AM

Monday, May 28 2018, 06:43 | सोमबार १४, जेठ २०७५ ०६:४३
निर्माणाधिन भवनको एक कोठाबाट मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले काम थाल्यो

बुधबार, २४ माघ २०७४| Dinesh Thakulla
निर्माणाधिन भवनको एक कोठाबाट मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले काम थाल्यो

दिनेश ठकुल्ला
धनगढी, माघ २४ । 

प्रदेश ७ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले धनगढीको रातो पुल नजिकै रहेको निर्माणाधिन यातायात व्यवस्था कार्यालयको एक कोठाबाट मगलवारदेखि काम सुरु गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय तोकिएको यातायात व्यवस्था कार्यालयको नव निर्मित भवनको एक कोठाबाट काम सुरु गरिएको हो । 

कार्यालयको मर्मतसम्भार, रगरोगन, फर्निचर मिलाउने तथा  व्यवस्थापनको काम भईरहेका कारण एक कोठाबाट काम सुचारु गर्नु परेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ । 

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव प्रदीपराज कडेलका अनुसार मगलवारदेखि मुख्यमन्त्री चुनिनु र मन्त्री परिषद बस्नु भन्दा अगाढी गर्नुपर्ने आवश्यक तयारी गर्न थालिएको छ । 

जसअनुसार सार्वजनिक लेखा प्रमाणीकरण, प्रदेश सरकारको कार्य सम्पादन नियमावली, मन्त्री परिषदको कार्य विभाजन तयार गरेर बैठकमा पेस गर्ने नियमावली, आवश्यक पर्ने कर्मचारी र सवारी साधनको तथ्याङक सकलन तथा माग गर्ने कार्य भईरहेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव कडेलले बताउनुभयो । 

मगलवारबाट कार्य सुरु भएपनि मुख्यमन्त्री चयनपछि मात्रै कार्यलय औपचारिक रुपमा उद्घाटन गरिनेछ । 

प्रदेशमा मुुख्यमन्त्री तथा मन्त्रीपरिसदको कार्यालय, आन्तरीक मामिला तथा कानुन मन्त्रालय, आर्थीक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वधार तथा विकस मन्त्रालय, समाजिक विकास मन्त्रालय, उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय र  भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालय रहेको छन । 

यि मन्त्रालयमा आवश्यक कर्मचारी र सवारी साधनको अभाव रहेको जनाईएको छ ।  सात मन्त्रालयमध्ये हालसम्ममा तिन मन्त्रालयका सचिव मात्रै धनगढी पुगेका छन । 

मुुख्यमन्त्री तथा मन्त्रीपरिसदको कार्यालयमा कडेलसगै कानुन सचिव यज्ञ भट्टराई, आन्तरीक मामिला तथा कानुन मन्त्रालयमा पिताम्बर घिमिरे र भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयका सचिव लक्ष्मण खडका धनगढी पुगिसक्नुभएको छ । 

आन्तरीक मामिला तथा कानुन मन्त्रालयका सचिव घिमिरे र भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयका सचिव खडकाले पनि भोलिदेखि मन्त्रालयको कार्य सुचारु गर्नुहुनेछ । 

एक मन्त्रालयमा करिव २५ जना कर्मचारी आवश्यक पर्ने बताईएको छ । तर, सात नम्बर प्रदेशका सात मन्त्रालयका १० जना कर्मचारी पनि धनगढी पुगेका छैनन । 

तरपनि, उपलब्ध जनशक्तिको सदुपयोग गर्दै काममा बाधा नपुग्नेगरि मन्त्रालयका कार्य सञ्चालन गरिने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव कडेलले जानकारी दिनुभयो । 

यसअघि नै प्रदेश प्रमुखको कार्यलयमा सरकारले युवराज सुवेधीलाई सचवमा नियुक्त गरेको थियो ।  


बुधबार २४, माघ २०७४ १०:१० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस