---
Wednesday, February 21 2018, 03:04 | बुधबार ०९, फागुन २०७४ ०३:०४
अत्तरियामा प्रादेशिक महोत्सब र धनगढीको बेलामा राना होमस्टे आयोजना हुदै

मङ्गलबार, २३ माघ २०७४| Dinesh Thakulla
अत्तरियामा प्रादेशिक महोत्सब र धनगढीको बेलामा राना होमस्टे आयोजना हुदै

एफएम सवाददाता
धनगढी, माघ २३ । 
कैलालीको अत्तरियामा आउदो फागुन २३ गतेदेखि चैत्र ४ गते सम्म प्रादेशिक महोत्सब हुने भएको छ ।

आयोजक अत्तरिया उद्योग बाणिज्य संघले आज आफ्नै नया भवन अत्तरियामा पत्रकार सम्मेलनको अयोजना गरि महोत्सवका बारेमा जानकारी गराएको हो ।

“समृद्ध प्रदेशको आधार : कृषि ,पर्यटन र ब्यापार ” भन्ने मुल नाराका साथ तेसो्र संस्करणमा आयोजना हुन लागेको यस पटकको महोत्सव बिगतका बर्षभन्दा केहि ढिलो हुन गैरहेको र फरक रहने आयोजक अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष बसन्त रोकाया ललितले जानकारी दिनुभयो ।

अत्तरिया स्थित पुरनै ठाउ लामिताल परिसरमा संञ्चालन हुने महोत्सवमा १५० ओटा बभिन्न खाले स्टलहरु रहने छन ।

अघिल्ला बर्षहरु महोत्सव अवलोकन गर्नेको संख्या ६० देखि ७० हजारको हारहारीमा रहने गरेकोमा यसबर्ष दर्शकहरुको संख्या बढाएर ७० देखि ७५ हजारको हाराहारीमा पुञ्याउने लक्ष्य राखिएको छ ।

१२ दिन सम्म संञ्चालन हुने महोत्बसमा ढाई देखि तिन करोड सम्मको कारोवार हुने अनुमान गरिएको अध्यक्ष रोकायाले जानकारी दिनुभयो । 

प्रदेश नं ७ को कृषि तथा पर्यटन ब्यवसायलाई उजागर गर्न तथा यहाको ब्यापार ब्यावसायलाई थप ब्यवसायिकरण गर्न महोत्सवले महात्वपुर्ण योगदान पुञ्याउने आयोजकको भनाई रहेको छ ।

उधोग बाणिज्य संघले महोत्सव संञ्चालन गरेको पहिलो बर्षमा अत्तरियामा रहेको लामीतालको संरक्षण, दोसो्र बर्षमा खेलकुदको बिकासका लागी रेस्लिनको ब्यबस्था गरेकोमा यस बर्ष दर्शकहरुलाई ७ नं प्रदेशका बिभिन्न पर्यटकिय स्थलहरुमा घुम्ने ब्यबस्था मिलाएको छ ।

अध्यक्ष रोकायाले प्रबिधिक कारणले कुनै समस्या नआएमा हेलिकप्टर मार्फत प्याकेज बनाएर यस क्षेत्रका पर्यटकिय क्षेत्र खप्तड, शुक्लाफाटा लगाएतका बिभिन्न क्षेत्रहरुमा घुम्ने ब्यबस्था मिलाएको बताउनुभयो । 

महोत्सव अबधिभर दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बिशेष प्रस्तुति रहनुका साथै स्थानिय खानाका परिकारहरु पनि राखिएको आयोजकले बताएको छ । 

यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर ११ बेलामा पहिलो पटक राना होमस्टे मेलाको आयोजना गरिने भएको छ ।

राना होमस्टे सञ्चालनका लागि तथा लोपोन्मुख अवस्थामा रहेको राना सस्कृतिलाई उजागर गर्नका लागि फाुगन ३ देखि ५ गतेसम्म पहिलो पटक राना होमस्टे मेलाको आयोजना गर्न लागिएको हो ।

आयोजक राना कला एवम सस्ृकति सरक्षण समाजले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै राना होमस्टे मेलाको तयारी पनि सुरु गरिएको जनाकारी दिएको छ ।

राना कला एवम सस्ृकति सरक्षण समाजका अध्यक्ष महाविर रानाले होमस्टे सञ्चालन गर्न, राना समाजलाई एकताबद्ध गर्न र राना सस्कृतिलाई नया पुस्तामा हस्तान्तरण गर्नका लागि मेलाको आयोजना गर्न लागिएको बताउनुभयो । 

मेलामा कैलाली कञ्चनपुरका सम्पूर्ण राना गाउका भलमान्सा, राना समाजका अगुवाको उपस्थिति र राना जातिका सम्पूर्ण नाचहरु प्रदर्शन गरिने रानाले जानकारी दिनुभयो ।

मेलामा होमस्टे सञ्चालनका लागि २० भन्दा बढी घर तयार पारिने जनाईएको छ ।
 


मङ्गलबार २३, माघ २०७४ ०६:४१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस