Nepali Khabar

09:00 AM - 09:15 AM

Wednesday, November 14 2018, 09:10 | बुधबार २८, कार्तिक २०७५ ०९:१०
‘ट्यालेन्ट हन्ट’ : राष्ट्रिय टिममा पर्नका लागि अवसर र ढोका

मङ्गलबार, २३ माघ २०७४| Dinesh Thakulla
‘ट्यालेन्ट हन्ट’ : राष्ट्रिय टिममा पर्नका लागि अवसर र ढोका

दिनेश ठकुल्ला
धनगढी, माघ २३ । आगामि चैत १७ गतेदेखि धनगढीमा हुने रुस्लाम धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा सहभागि गराउनका लागि जुनियरमध्येका उत्कृष्ट खेलाडी छनोटको कार्य सम्पन्न गरिएको छ ।

धनगढी क्रिकेट एकेडेमीमा दुई दिनसम्म ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन गरेर प्रतिभावान र राम्रो खेलाडीको खोज्ने काम गरिएको हो । प्रदेश नम्बर ७ का एक सयभन्दा बढी खेलाडीमध्ये उत्कृष्ट १२ जनालाई छनोट गरेर फागुन ९ गते हुने डीपीएल–अक्सनमा समावेश गरिने जनाइएको छ ।

‘परफरमेन्स’ का आधारमा छनोटमा परेका खेलाडीहरुको नाम मङ्गलवार सार्वजनिक गर्ने धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । छनोटमा परेका १२ जना खेलाडीहरु डी समूह अन्तर्गत अक्सन सूचीमा पर्नेछन् ।

उनीहरुको लिलामी मूल्य न्यूनतम् २० हजारदेखि ४० हजार रुपियासम्म तोकिने धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । डीपीएलमा भाग लिइरहेका ६ वटै टिमले अनिवार्य रुपमा एक÷एक खेलाडीलाई राख्ने र छनोटमा परेकामध्ये ६ जनाले प्रतियोगिताका लागि अवसर पाउने एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताउनुभयो ।

यो क्षेत्रको प्रतिभाहरुलाई ठूलो प्रतियोगितामा विशेष अवसर दिनका लागि यस्तो व्यवस्था गरिएको जनाईएको छ । ‘ट्यालेन्ट हन्ट’ कार्यक्रममा खेलाडीहरुलाई अभ्यास गर्न लगाइएको थियो ।

उनीहरुको अलराउण्डर प्रदर्शन, ब्याटिङ, बलिङ, फिल्डिङ, शारीरिक फिटनेश लगायतको आधारमा छनोट गरिने क्रिकेट प्रशिक्षक जङ्गबहादुर थापाले बताउनुभयो ।

ट्यालेन्ट हन्ट कार्यक्रम भएकोप्रति सहभागि खेलाडीहरुले पनि खुशी व्यक्त गरेका छन् । डीपीएल जस्तो ठूलो प्रतियोगिता खेल्ने टिममा अटाउनका लागि प्रतिभाको खोजी हुनु जुनियर खेलाडीहरुका लागि ठूलो अवसर रहेको उनीहरुले बताएका छन ।

‘ट्यालेन्ट हन्ट’ लाई राष्ट्रिय टिममा पर्नका लागि अवसर र ढोका भएको १९ वर्षमुनिका खेलाडी विक्रम ठगुन्ना र १६ वर्षमुनिको अन्तर्राष्ट्रिय प्रतियोगिता समेत खेलि सक्नु भएका खेलाडी नारायण जोशीले बताउनुभयो ।

डीपीएल क्रिकेट प्रतियोगिता आयोजक धनगढी क्रिकेट एकेडेमीले जुनियर युवा खेलाडीहरुलाई अवसर प्रदान गर्ने उद्देश्यले ५ जना ‘अनक्याप्ड’ खेलाडीलाई समेत सी समूहमा राखेको छ । उनीहरु पनि अक्सन सूचीमा समावेश हुनेछन् ।

ठूलो पुरस्कारराशीको धनगढी प्रिमियर लिगमा मुलुकको विभिन्न सहरका छ वटा टिमको सहभागिता रहनेछ । सहभागि हुने टिमका लागि रणनैतिक खेलाडी चयन भइसकेका छन् । फागुन ९ गते अक्सन हुने धनगढी क्रिकेट एकेडेमीले जानकारी दिएको छ ।


मङ्गलबार २३, माघ २०७४ १२:१३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस