Khabar Raftar

07:00 AM - 07:30 AM

Monday, May 28 2018, 07:05 | सोमबार १४, जेठ २०७५ ०७:०५
स्वास्थ्य बीमा बाजुरामा पनि सञ्चालन हुने

सोमबार, २२ माघ २०७४| Radio Dhangadhi
स्वास्थ्य बीमा बाजुरामा पनि सञ्चालन हुने

एफएम संवाददाता
बाजुरा २२ माघ । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा बाजुरामा पनि सञ्चालन हुने भएको छ ।

स्वास्थ्य बीमाको समन्वय र जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा स्वास्थ्य बीमा सञ्चालन गर्न थालिएको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिनुभयो ।

जिल्लामा रहेका विपन्न, अतिगरिब, सीमान्तकृत, पिछडिएका वर्गको स्वास्थ्योपचारमा सहयोग पुग्ने गरी उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको उल्लेख गर्दै स्वास्थ्य बीमा बोर्डका संयोजक भरत बोहराले स्वास्थ्यमा पहुँच पु¥याउनका लागि यो कार्यक्रम हरेक जिल्लामा लागू गर्न आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य बीमा कार्यक्रमले एक घरका पाँच जनाको परिवाले दुई हजार ५०० तिरेमा वर्षभरि सरकारले बिरामीको उपचारका लागि ५० हजार सहयोग गर्ने व्यवस्था रहेको संयोजक बोहराले जानकारी दिनुभयो ।      


सोमबार २२, माघ २०७४ ०७:१४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस