Nepali Khabar

09:00 AM - 09:15 AM

Wednesday, November 14 2018, 09:06 | बुधबार २८, कार्तिक २०७५ ०९:०६
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघ गणनाको कार्य शुरु

सोमबार, २२ माघ २०७४| Radio Dhangadhi
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघ गणनाको कार्य शुरु

एफएम संवाददाता
कञ्चनपुर २२ माघ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघ गणनाको कार्य शुरु गरिएको छ । निकुञ्ज कार्यालय, जिल्ला वन कार्यालय र सहयोगी संस्थाको सहयोगमा क्यामेरा ट्र्यापिङको सहायताले बाघ गणना हुन लागेको हो ।

बाघ गणनाका लागि ९० जना प्राविधिकको टोलीलाई खटाइएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताउनुभयो । गणनाका लागि २६० जोर स्वचालित क्यामेरा जडान गरिएका छन ।

निकुञ्ज भित्रका चार, जिल्ला वन कार्यालय अन्तर्गतका राष्ट्रिय वनका चार र डडेल्धुराको जोगबुढा चुरे क्षेत्रमा तीन ठाउँमा बाघ गणनाको कार्य हुनेछ । गणना कार्य झण्डै बीस दिनसम्म चल्नेछ । सबै ठाउँमा एकै पटक बाघ गणनाको कार्य हुनेछ ।

बाघ गणना सँगै आहारा प्रजाजिका रूपमा रहेका जनावरको समेत सँगसँगै गणनाको कार्य हुने बताइएको छ । गत वर्षको गणनामा निकुञ्जमा १७ वटा बाघ फेला परेका थिए ।     


सोमबार २२, माघ २०७४ ०७:०४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस