---
Sunday, November 18 2018, 23:01 | आइतबार ०२, मङि्सर २०७५ २३:०१
बर्षेनि क्यान्सरका बिरामि बढ्र्दै

आइतबार, २१ माघ २०७४| Radio Dhangadhi
बर्षेनि क्यान्सरका बिरामि बढ्र्दै

हरि भट्ट
धनगढी २१ मघ । कैलालीमा बर्षेनि क्यान्सरका बिरामि बढ्दै गएको पाएईको छ । मानिसले आफनो खानपानमा ध्यान नदिदा क्यान्सरका विरामि बढ्दै गएका हुन ।

 गतबर्ष कैलालीमा क्यान्सरका १ सय ७३ बिरामि रहेकामा यो बर्षको सात महिनामा मात्रै एक सय जना क्यान्सरका १ सय ७३ बिरामि फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

मानिसलेबिशेष गरि खानपानमा ध्यान र्पुयाउन नसक्नाले क्यान्सरका बिरामि बढ्दै गएकोले सचेतनामूलक कार्यक्रमको आयोजना गर्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख टक चापागाईले बताउनुभयो ।

 खानपानमा ध्यान र्पुयाए क्यान्सर लाग्ने जोखिम ४० प्रतिशत कम हुने जनाईएको छ । मानिसको अन्धविश्वासका कारण क्यानसरका रोगिको सङख्या बढीरहेको बताईएको छ ।

पछिल्लो समयमा विभिन्न किसीमका जनचेतना मुलक कार्याक्रम गर्दै आएकाले क्यान्सरका विरामिको सङख्या घट्दैआए पनि सुर्तीजन्य वस्तुको सेवन गर्नेको सङख्या बढ्दै जानाले पनि क्यानसरको जोखिम बढ्दै गएको हो ।

यसको साथै मानिस समयमा उपचारको लागि स्वास्थ्य संस्थामा नजानु पनि क्यान्सरका विरामिको सङख्यामा बृद्धिको कारण रहेको चापागाईले बताउनुभयो ।

सुर्तीजन्य वस्तुको सेवनका कारणले फोक्सोको क्यान्सरका विरामी धेरै छन् । त्यस्तै पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका विरामी धेरै भएको बताइन्छ ।

धुमपान र मद्यपान नगरे तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकले बताएका छन् । 


आइतबार २१, माघ २०७४ ०६:५५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस