Ever Green Hindi

10:30 PM - 11:00 PM

Sunday, November 18 2018, 22:59 | आइतबार ०२, मङि्सर २०७५ २२:५९
प्रदेश नं ७ मा १९८ जना कुष्ठरोगी

मङ्गलबार, १६ माघ २०७४| Radio Dhangadhi
प्रदेश नं ७ मा १९८ जना कुष्ठरोगी

एफएम संवाददाता
बैतडी १६ माघ ।  प्रदेश नं ७ (सुदूरपश्चिम)मा १९८ जना कुष्ठरोगी उपचारमा रहेका छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार आव २०७३÷७४ मा प्रदेश नम्बर ७ का जिल्लामा १९८ जना कुष्ठरोगी उपचारमा रहेकामा तीमध्ये सबैभन्दा बढी कैलालीमा १०६ जना रहेका छन् ।

कञ्चनपुरमा ४७ जना, अछाममा २२, डोटीमा ५, बैतडी, डडेल्धुरा र बझाङमा चार÷चार जनाले उपचार गराइरहेका छन् भने दार्चुला र बाजुरामा तीन÷तीन जनाले उपचार गराइरहेका छन् । १९८ जनामध्ये ७८ जना महिला र सातजना बालबालिका रहेका छन् ।

कुष्ठरोगकै कारण आव २०७३÷७४ मा सातजना अपांगताको शिकार भएका क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ निरीक्षक मनोज ओझाले जानकारी दिनुभयो । समयमै उपचार नगराउँदा कुष्ठरोगले अपांगता निम्त्याउने गरेको जनाएको छ । प्रदेश नं ७ को पछिल्लो तीन वर्षयताको तथ्यांक हेर्ने हो भने प्रदेश नम्बर सातमा कुष्ठरोगीको संख्या स्थिर रहेको छ ।

पहिलाको तुलनामा कुष्ठरोगीको संख्या घटे पनि अझै अपेक्षाअनुसार कम नभएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ निरीक्षक मनोज ओझाले बताउनुभयो । कुष्ठरोगलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन नआएकाले यो रोग लाग्ने बित्तिकै उपचारमा आउनेको संख्या कम रहेको छ ।

कुष्ठरोगीलाई समाजले गर्ने व्यवहारका कारण उनीहरू लुक्ने गरेका उहाँले बताउनुभयो । आव २०७३÷७४ मा २०९ जना कुष्ठरोगीका बिरामी पत्ता लागेको सुदूरपश्चिममा आव २०७२÷७३ मा २०८ र आव २०७१÷७२ मा २२६ जना पत्ता लागेका थिए ।

कुष्ठरोग सरुवा रोग भएकाले यसको लक्षण पाँच वर्षपछि पनि देखा पर्न सक्ने चिकित्सकले बताएका छन् । लक्षण देखिएको धेरैपछि मात्रै उपचारमा आउने प्रवृत्तिले यसले मानिसलाई अपांगताको शिकार बनाउने गर्दछ । सरकारले कुष्ठरोगीको निःशुल्क उपचार गर्ने गरेको छ ।
 


मङ्गलबार १६, माघ २०७४ ०८:१८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस