Ever Green Hindi

10:30 PM - 11:00 PM

Sunday, November 18 2018, 22:56 | आइतबार ०२, मङि्सर २०७५ २२:५६
उपक्षेत्रीय अस्पतालमा चिकित्सक अभाव

सोमबार, १५ माघ २०७४| Radio Dhangadhi
उपक्षेत्रीय अस्पतालमा चिकित्सक अभाव

एफएम संवाददाता
डडेल्धुरा १५ माघ ।
उपक्षेत्रीय अस्पताल डडेल्धुराको स्थापना भएको तीन वर्ष बितिसक्दा पनि दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक नहँुदा बिरामी मर्कामा परेका छन् ।

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएको भए पनि हालसम्म जम्मा तीनजना मात्रै विशेषज्ञ डाक्टर रहेका छन् ।

विशेषज्ञ डाक्टर नहुँदा डडेल्धुरासहित ७ नं प्रदेशका अन्य छ जिल्लाका बिरामी उपचारका लागि धनगढी तथा नेपालगञ्जसहित भारत जान बाध्य भएका छन् ।

हाल अस्पतालमा हाडजोर्नी, स्त्रीरोगसहित एकजना एम्डिजिपी डाक्टर रहेका छन् । दरबन्दीअनुसारको डाक्टरका लागि सरकारसँग पटक पटक आग्रह गरेको भए पनि विशेषज्ञ डाक्टर नपठाउँदा उपचारमा समस्या भइरहेको उपक्षेत्रीय अस्पताल डडेल्धुराका नि.मेसु जितेन्द्र कँडेलले बताउनुभयो ।

दरबन्दीअनुसारका चिकित्सक नआउँदा त्यस क्षेत्रका बिरामी तथा सर्वसाधारणले समस्या भोगिरहेका छन् ।


सोमबार १५, माघ २०७४ ०७:४८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस