---
Saturday, October 20 2018, 23:47 | शनिबार ०३, कार्तिक २०७५ २३:४७
आरआइटिको अर्को सफलता,भालुको पित्तसहित एकजना पक्राउ

आइतबार, १४ माघ २०७४| Hari Joshi
आरआइटिको अर्को सफलता,भालुको पित्तसहित एकजना पक्राउ

 धनगढी १४ माघ । धनगढीबाट भालुको पित्त र अन्य जडिबुटीसहित एकजना पक्राउ परेका छन् ।

प्रहरीको क्षेत्रीय अनुसन्धान टिम् (आराइटि) ले जुम्ला सुनिगाउँ–८ का ६५ वर्षका सुनम धिताललाई भालुको पित्त र जडिबुटीसहित धनगढीबाट पक्राउ गरेको हो ।

 उनलाई धनगढी उपमहानगरपालिका–२ बाट पक्राउ गरिएको आराइटिको टोलिका प्रमुख केशब जोशिले जानकारी दिनुभयो। धितालको साथबाट ७० ग्राम भालुको पित्तसहित, रक्तचन्दन, पदमचाल, कुटुकी, सतुवा, हिङ, निलबिसी र शिलाजित लगायतका जडिबुटी बरामद भएको छ ।

धिताललाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको क्षेत्रीय अनुसन्धान टिम्ले जनाएको छ । 


आइतबार १४, माघ २०७४ ०१:०० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस