---
Sunday, August 19 2018, 09:09 | आइतबार ०३, भदौ २०७५ ०९:०९
नाली निर्माणमा ठेकेदारले बदमासी गरेपछि गुणस्तरीय काम गर्न वडा अध्यक्षको निर्देशन

शुक्रबार, १२ माघ २०७४| Radio Dhangadhi
नाली निर्माणमा ठेकेदारले बदमासी गरेपछि गुणस्तरीय काम गर्न वडा अध्यक्षको निर्देशन

जनकसिह विष्ट 
धनगढी १२ पुष

धनगढी उपमहानगरपालिका वडा नम्बर १ को अदालत रोडमा निर्माण भइरहेको पक्की नालीमा कमसल खालको इटा प्रयोग भइरहेको गुनासो पछि उपमहानगरपालिकाले तत्काललाई निर्माण कार्य रोक्न निर्देशन दिएको छ ।

नाली निर्माणमा कमसल खालको इटा प्रयोग भएको भन्ने जनगुनासोको आधारमा बीहिबार  निर्माण स्थल, अदालत रोड पुगेको, उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सन्तोश मुडभरीले तत्काल नाली निर्माणको काम अगाडी नबढाउन निर्देशन दिदै कमजोरी सुधार्न निर्माण व्यावसायीलाई टेलिफोनबाट निर्देशन दिनुभएको हो ।

नाली निर्माणस्थलबाट फर्किपछि पत्रकारलाई प्रतिक्रिया दिदै अध्यक्ष मुडभरीले निर्माण कार्य सुरु भएदेखी बारम्बार दुःख उक्त कामको जिम्मा लिएको भुमिराज कन्सट्रक्सनलाई तत्काल गुणस्तरहीन इटा फिर्ता गर्नै भनेको बताउदै अटेरी गरेमा सो कन्सट्रक्सनलाई कालोसुचीमा राखिने चेतावनी दिनुभयो ।

नाली निर्माणमा प्रयोग गरिरहेको इटा कमसल भएको निर्माणको जिम्मा लिएको भुमिराज कन्सट्रक्सनका श्रमीकहरुले बताएका छन् । तर भुमीराज कन्सट्रक्सनकी ठेकेदार सुरेखा कार्कीले भने नालीमा   गुणस्तरीय इटा नै प्रयोग गरेको भन्दै आफु बाहिर गएको बेला कामदारले कमसल इटा ल्याएको दाबि गर्नुभएको छ ।

कार्कीले नालीमा १ नम्बरी इटा नै प्रयोग गरिरहेको तर आफु बाहिर गएका बेला कामदारले ४  नम्बरी इटा प्रयोग गरेको दाबि गर्नुभएको छ । कार्कीले अब उक्त कमजोदी सुधार गर्दै नाली निर्माण गरिने बताउनुभयो ।  

सो नाली र १ सय ४ मिटर लम्बाई भएको अदालत रोडकै सडक कालोपत्रेका लागि झन्डै साढे ३५ लाखको लागतमा गत आर्थिक वर्ष २०७३÷७४ को बैशाखमा सम्झौता भई भुमिराज कन्सट्रक्सलेकाम थालेको थियो ।

सुरुमा असारमा काम सम्पन्न गर्नेगरी सम्झौता भएपनि त्यो अवधीमा नभएपछि म्याद थपेर मंसिर सम्म काम सक्नुपर्ने सम्झौता गरिएपनि फेरी त्यसको समय बढाएर चैत्र मसान्तलाई तोकिएको छ । अदालत रोडका स्थानीयले समय लगाएर भएपनि गुणस्तरीय काम हुनुपर्ने माग गरेका छन् । 
 


शुक्रबार १२, माघ २०७४ ०७:४९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस