---
Sunday, August 19 2018, 09:09 | आइतबार ०३, भदौ २०७५ ०९:०९
हरेक सिनेमाको व्यापारिक रिपोर्ट गलतः चलचित्र संघ

बिहिबार, ११ माघ २०७४| Radio Dhangadhi

हलहरुको छाता संगठन नेपाल चलचित्र संघले अहिले सार्वजनिक भएका हरेक चलचित्रको व्यापारिक रिपोर्ट गलत भएको बताएको छ । संघको कार्यसमिती वैठकले संचार माध्यममा अहिले निर्माता र वितरकले दिने गरेका चलचित्रको व्यापारिक रिपोर्ट गलत भएको र मिडियामा आए जस्तो व्यापार चलचित्रको नभएको स्पष्ट पारेको हो ।

चलचित्र संघले यस्ता खालका झुटा रिपोर्ट संचारमाध्यममा दिदा चलचित्र क्षेत्रलाई नै असर परेको भन्दै अबदेखि सत्य रिपोर्ट मिडियामा दिन वितरक सदस्यहरुलाई अनुरोध समेत गरेको छ ।

यस्तै, चलचित्र संघले ४५ औं साधारण सभा बुटवलमा गर्ने निर्णय समेत गरेको छ । जसका लागि कार्यसमिती सदस्य कपिल द्धाको संयोजकत्वमा ७ सदस्यिय साधारण सभा तयारी समिती पनि गठन गरिएको छ ।


बिहिबार ११, माघ २०७४ ०२:११ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस