---
Wednesday, February 21 2018, 02:53 | बुधबार ०९, फागुन २०७४ ०२:५३
नेपालमै पहिलो पटक धनगढीमा अन्तराष्ट्रिय सुदुरपश्चिम महिला गोल्ड कप आयोजना हुदै

मङ्गलबार, ०९ माघ २०७४| Dinesh Thakulla
नेपालमै पहिलो पटक धनगढीमा अन्तराष्ट्रिय सुदुरपश्चिम महिला गोल्ड कप आयोजना हुदै

दिनेश ठकुल्ला
धनगढी, ९ माघ । 

सुदुरपश्चिम खप्तड गोल्ड कप आयोजना गर्दै आएको सुुदुरपश्चिम ११ स्पोर्टस क्लवले नेपालमै पहिलो पटक धनगढीमा अन्तराष्ट्रिय सुदुरपश्चिम महिला गोल्ड कपको आयोजना गर्ने भएको छ ।

सुदुररपश्चिम ११ स्पोर्टस क्लवले दोस्रो सस्करणको सुदुरपश्चिम खप्तड गोल्डकपको आयव्यय तथा धन्यवाद ज्ञापन गर्न धनगढीमा मगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिईएको हो ।

दुई विदेशी सहित ८ टिमको सहभागिता हुने प्रतियोगिताको विजेतालाई ५ लाख तथा उपविजेतालाई २ लाख ५० हजार रुपैया पुरुस्कार प्रदान गरिने क्लवका वरिष्ठ उपाध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो । 

एन्फाले प्रतियोगिताको मिति नतोकेका कारण उक्त प्रतियोगिता कहिलेदेखि कहिलेसम्म हुने भन्ने कुरा भने सार्वजनिक गरिएको छैन । 
 


मङ्गलबार ०९, माघ २०७४ ०६:३९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस