Ever Green Hindi

10:30 PM - 11:00 PM

Monday, February 19 2018, 22:49 | सोमबार ०७, फागुन २०७४ २२:४९
खप्तड गोल्ड कपमा आयोजकलाई साढे एक लाख भन्दा बढी रुपैया घाटा

मङ्गलबार, ०९ माघ २०७४| Dinesh Thakulla
खप्तड गोल्ड कपमा आयोजकलाई साढे एक लाख भन्दा बढी रुपैया घाटा

दिनेश ठकुल्ला
धनगढी, ९ माघ । 

माघ १ गते सम्पन्न दोस्रो सस्करणको सुदुरपश्चिम खप्तड गोल्ड कपमा आयोजकलाई साढे एक लाख भन्दा बढी रुपैया घाटा भएको छ । 

आयोजक सुदुररपश्चिम ११ स्पोर्टस क्लवले दोस्रो सस्करणको सुदुरपश्चिम खप्तड गोल्डकपको आयव्यय तथा धन्यवाद ज्ञापन गर्न धनगढीमा मगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा एक लाख ६५ हजार ५ सय १६ रुपैया घाटा भएको जनाएको छ ।

क्लवका महासचिव प्रकाश शाहीले  प्रतियोगिता सञ्चालनका लागि ८९ लाख ८१ ह्जार ४ सय रुपैया आम्दानी भएकोमा ९१ लाख ४६ हजार ९ सय १६ रुपैया खर्च भई एक लाख ६५ हजार ५ सय १६ रुपैया घाटा भएको बताउनुभयो । 

आयोजकले सार्वजनिक गरेको आयव्यायमा प्रतियोगिात सञ्चालनका लागि सवैभन्दा बढी रकम मुख्य प्रायोजक नेपाल आईसले २० लाख रुपैया दिएको  छ भन सवैभन्दा बढी खर्च ३३ लाख रुपैया टिम, खेलाडी तथा अफिसियलमा भएको छ । 

देशकै सर्वाधिक राशिको फुटवल प्रतियोगिात समपन्न गर्नका लागि सहयोग गर्ने सम्पूर्णलाई आयोजकले धन्यवाद समेत दिएको छ । 

सुदुरपश्चिम ११ स्पोर्टस क्लवको आयोजना पौष २१ देखि माघ १ गतेसम्म सञ्चालन भएको खप्तड गोल्डकपको उपाधि नेपाल आर्मीले जितेको थियो भने सशस्त्र प्रहरी उपविजेता भएको थियो । 

विजेतालाई ११ लाख ११ हजार १ सय ११ तथा उपविजेतालाई ५ लाख ५५ हजार ५ सय ५ रुपैया पुरुस्कार प्रदान गरिएको थियो । आयोजकले पुरुस्कारमा मात्रै २२ लाख ६६ रुपैयामा खर्च भएको जनाएको छ ।
 


मङ्गलबार ०९, माघ २०७४ ०६:३६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस