---
Saturday, October 20 2018, 23:44 | शनिबार ०३, कार्तिक २०७५ २३:४४
९ जना श्रष्टा सम्मानीत

सोमबार, ०८ माघ २०७४| Radio Dhangadhi
९ जना श्रष्टा सम्मानीत

हरि भट्ट
धनगढी ८ माघ ।
बिद्यार्थी साहित्य प्रतिष्ठान धनगढीले ९ जना श्रष्टालाई सम्मानीत गरेको छ । आफ्नो १९ औ बार्षिकोत्सव समारोहमा प्रतिष्ठानले बिभिन्न विधाका ९ जनालाई सम्मानीत गरिएको जनाएको छ ।

सम्मानित हुनेहरूमा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञसभा सदस्य बाशुदेव पाण्डेय, प्राध्यापक धर्मराज उपाध्याय, श्यामराज जोशी, सुदूरपश्चिम साहित्य समाजका महासचिव हरिकृष्ण कडायत, साहित्यकार ऋचा लुईटेल, दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली, बरिष्ठ देउडा गायक दलबहादुर बोगटी, पत्रकार मिन बम र दीपक जोशी रहनुभएको छ ।

यो वर्षको लिलानाथ प्रतिभा पुरस्कार नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञसभा सदस्य बाशुदेव पाण्डेयलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि ७ हजार रहेको छ । प्रतिष्ठानले हरेक बर्ष सुदूरपश्चिमको कला संस्कृति र साहित्यमा योगदान पुगाउने बिभिन्न श्रष्टाहरुलाई सम्मानीत गर्दै आएको छ ।

बिद्यार्थी साहित्य प्रतिष्ठानका अध्यक्ष तोयनाथ भट्टको सभापतित्वमा भएको कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका प्रमुख प्राध्यापक डा. पदमराज जोशी प्रमुख आतिथि रहनुभएको थियो ।

सरस्वती पुजाको अवसरमा आयोजना गरेको सांस्कृत्ती कार्याक्रममा विभिन्न किसीमका सांस्कृर्ति प्रस्तुती गरिएको थियो ।    

 

 
 


सोमबार ०८, माघ २०७४ ०७:०९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस