Nepali Remake

03:10 PM - 04:00 PM

Sunday, July 22 2018, 15:57 | आइतबार ०६, साउन २०७५ १५:५७
सुदूरपश्चिममा अझै पुस्तकको अभाव कायमै

पुस्तक वितरण प्रभावकारी हुन सकेन

आइतबार, १० बैशाख २०७४| Nirmala Khadayat
सुदूरपश्चिममा अझै पुस्तकको अभाव कायमै

दिनेश ठकुल्ला
धनगढी,१० बैशाख ।
नयाँ शैक्षिक सत्र सुरु भएको १० दिन वितिसक्दा समेत सुदूरपश्चिममा अझै पुस्तकको अभाव कायमै छ ।

२२ लाख थान पुस्तक आवश्यक पर्ने सुदूरपश्चिममा हालसम्म १६ लाख २५ हजार मात्रै पाठयपुस्तक भित्रिएका छन । जसका कारण सुदुरपश्चिमका झण्डै ६ लाख थान पाठयपुस्तक तथा २० पं्रतिशत विद्यार्थीहरुले पुस्तक पाउन सकेका छैनन ।

स्थानीय तहको निर्वाचनका लागि मतपत्र छाप्ने काम जनक शिक्षा सामाग्रीलाई नै दिएपछि विगतका वर्ष झै पुस्तकको अभाव भएको बताईएको छ ।

बैशाख मसान्तसम्ममा सवै विद्यार्थीेले पुस्तक पाईसक्ने समेत जनक शिक्षा सामाग्री केन्द्र धनगढीले दावी गरेको छ । व्यापारीहरुले पनि माग अनुसारका पुस्तक पाउन नसकेको गुनासो गरेका छन । यद्यपी, गत वर्षको तुलनामा सहज तरीकाले र बढी पुस्तक पाएको व्यापारीहरु बताउछन ।

हरेक वर्ष विभिन्न बहाना बनाउँदै ‘तोकिएकै समयमा पुस्तक छाप्न नसकिएको’ बताउदै उम्किने गरेको जनक शिक्षा सामाग्री केन्द्रले यसवर्ष स्थानीय निर्वाचनको मतपत्र छपाइ गर्नुपर्दा ढिलाइ भएको जनाएको छ ।

शैक्षित्र सत्र सुरु हुनुपूर्व चैत्र २२ गतेबाट सुदूरपश्चिमभरि पुस्तक वितरण गर्न थालेको केन्द्रले हालसम्ममा १६ लाख २५ हजार मात्रै पाठयपुस्तक वितरण गरेको छ । २२ लाख थाप पाठयपुस्क आवश्यक पर्ने सुदूरपश्चिममा १६ लाख पाठयपुस्तक मात्रै भित्रिदा झण्डै २० प्रतिशत विद्यार्थीले पठनपाठन सुरु भएको २ हप्ता पुग्न लाग्दा पनि पुस्तक पाउन सकेका छैनन ।

मुलुकभर भर्ना अभियान चलिरहेको छ । जिल्ला शिक्षा कार्यालयहरुले भर्ना हुने विद्यार्थीलाई समयमै पुस्तक उपलब्ध गराउने प्रतिबद्धता पनि जनाइरहेकै छ । तर पुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले भने सुदूरपश्चिमका लागि आवश्यक पर्ने  झण्डै ६ लाख थान छाप्नै नभ्याएको जनक शिक्षा सामाग्री केन्द्र सुदूरपश्चिमका प्रमुख योगेन्द्र भट्टले बताउनुभयो । उहाले सवैभन्दा बढी कक्षा ६ को अङग्रेजी, ७ कक्षाको गणित लगायतका पुस्तकको अभाव रहेको बताउनुभयो ।

केन्द्रले समयमा पुस्तक छाप्न नसक्दा हरेक वर्ष विद्यार्थीले अभाव झेल्दै आएको बताउदै हाल आवश्यक पर्ने पुस्तक छपाईको प्रक्रियामा रहेको र बैशाख मसान्तसम्ममा सुदूरपश्चिमका सवै विद्यार्थीको हातहातमा पुस्तक पुग्ने दावी समेत गर्नुभयो ।

 पुस्तक विक्रेताहरुले गत वर्षको भन्दा सहज तरीकाले  र बढी पुस्तक पाएपनि माग अनुसनरको पुस्तक भने पाउन नसकेको गुनासो गरेका छन ।

यसवर्ष वितरण प्रणाली राम्रो भएको र गत वर्षको भन्दा चाडो पुस्तक पाएको भएपनि माग अनुसारको पुस्तक भने अझै पाउन नसकेको धनगढीको एल एन चौकमा रहेको मायोज स्टेशनरीका सञ्चालक विजयराज पन्तले गुनासो ब्यक्त गर्नुभयो ।

केही विषयगत पुस्तक बाहके अन्य पुस्तक आफुले पाएको बझाङको नागार्जुन पुस्तक पसलबाट पुस्तक लिनको लागि धनगढी पुग्नुभएका कृष्ण सिह भण्डारीले बताउनुभयो । 


आइतबार १०, बैशाख २०७४ ०७:३१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस