---
Friday, September 20 2019, 22:42 | शुक्रबार ०३, असोज २०७६ २२:४२
म्याडम तुसाद संग्रहालयमा सनी लियोनको मैनको पुतला बन्दै

शुक्रबार, ०५ माघ २०७४| Radio Dhangadhi
म्याडम तुसाद संग्रहालयमा सनी लियोनको मैनको पुतला बन्दै

माघ ५ –दिल्लीको म्याडम तुसाद संग्रहालयमा बलिउड नायिका सनी लियोनको मैनको पुतला बन्ने भएको छ । प्रसिद्ध म्याडम तुसाद संग्रहालयमा मैनको पुतला बन्नुलाई निकै प्रतिष्ठाका साथ हेर्ने गरिन्छ । 

म्याडम तुसाद संग्रहालयमा पुतला बन्नु बलिउड कलाकारको सपना हुने गर्छ । त्यसमध्ये नायिका सनी लियोनको सपना साकार हुने भएको छ । बलिउडका सुपरस्टार कलाकारको पुतलाहरुको बीच अब सनी लियोनले पनि आफ्नो स्थान बनाएकी छिन् ।

  
 सनीले म्याडम तुसाद संग्रहालयमा आफ्नो पुतला बरिहेको र उक्त पुतला हेर्न निकै उत्साहित भएको कुरा फोटो सहित ट्वीटरमार्फत सार्वजनिक गरेकी छिन् ।  

यसअघि अमिताभ बच्चन, ऐश्वर्या राय, शाहरुख खान, सलमान खान, ऋतिक रोशन, करिना कपूर, कटरीना कैफ, अनिल कपूर, माधुरी दिक्षित जस्ता बलिउडका सुपर स्टार कलाकारको मैनको पुतला म्याडम तुसाद संग्रहालयमा बनि सकेको छ । 


शुक्रबार ०५, माघ २०७४ ०२:१९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस