---
Saturday, June 23 2018, 00:55 | शनिबार ०९, असार २०७५ ००:५५
सडक नाटकबाटै पुराना कुसंस्कार र रुढीवादी हटाईदै

बिहिबार, ०४ माघ २०७४| Radio Dhangadhi
सडक नाटकबाटै पुराना कुसंस्कार र रुढीवादी हटाईदै

एफएम संवाददाता
डडेल्धुरा ४ माघ । डडेल्धुरामा सडक नाटक प्रस्तुत गरी समुदाय स्तरमा रहेका विभिन्न कुसंस्कार र पुराना रुढीवादी परम्परालाई हटाउने प्रयासको थालनी भएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा विपत पूर्व सूचनासम्बन्धी, एचआइभीसम्बन्धी र छाउपढी न्यूनीकरण, महिला हिंसा न्यूनीकरण र बालविवाहसम्बन्धी सूचना दिनु परे सडक नाटकलाई नै प्राथमिकता दिने गरेको गैरसरकारी महासंघका अध्यक्ष टेकराज पाण्डेयले बताउनुभयो ।

पछिल्लो समयमा जिल्लामा छाउपढी, छुवाछूत, घरेलु हिंसाजस्ता घटनालार्ई न्यून गर्न विभिन्नस्तरका सडक नाटक प्रस्तुत गर्ने क्रम बढिरहेको छ । नाटकका माध्यमबाट कार्यक्रम बढी प्रभावकारी भइरहेको र समुदायका सर्वसाधारणले पनि सजिलै बुझ्ने भएकाले यसलाई प्रथमिकतामा राखिएको सरोकारवालाको भनाइ छ । 
 


बिहिबार ०४, माघ २०७४ ०६:५६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस