---
Tuesday, December 11 2018, 00:04 | मङ्गलबार २५, मङि्सर २०७५ ००:०४
समय

बिहिबार, ०४ माघ २०७४| Radio Dhangadhi
समय

 

विष्णु सन्न्यास

फर्केर यो समय

फेरि ठीक त्यही ठाउँमा आइपुगेको छ

जहाँबाट हिँडेथ्यो ऊ कुनै दिन

आफ्नै आयुको प्रथम वसन्त बोकेर

 

हिँड्दा–

कतिपटक पुग्यो होला ऊ

खोलाहरूको मृत्यु–उत्सव मनाइरहेको समुन्द्रछेउ

र कतिपल्ट हेर्यो होला फर्किँदा

आफ्नै मृत्युको अनुहारजस्तो लाग्ने

त्यो समुन्द्रको अन्तिम किनारमा

डुब्दै गरेको बुढो घाम

 

बोकेर आफ्नै रहरको ठेगाना

कतिपटक चहार्यो होला

कहिल्यै नपुगिने त्यो स्वर्गको उकालो

कोचेर आफैँले आफैँलाई आफ्नै आयुको झोलामा

कतिपल्ट पुग्यो होला आँखाको बाँकि संसार टेक्न

भगवानहरूले छोडिगएको– मन्दिरको रित्तो आँगन

 

तर इतिहासले आत्महत्या गरेको

कुनै पुरानो दरबार छेउमा उभिएर कहिल्यै लेखेन

यो समयले आफ्नो जीवनको कथा

छेवैको आँगनमा खसेका गुलाफका पाटहरू छोएर

कहिल्यै सोधेन मृत्युको कुरा

मध्यरातमा जूनको समय चोरेर कहिले सुनाएन

यो समयले अाफ्नाे दिवंगत प्रेमको गीत!

यो कविता सेतोपाटी डटकममा प्रकाशित छ ।

र पनि

को हो त्यो जसले यो समयको मृत्युको घोषणा

मलाई सपनामा सुनाएर जाने…।


बिहिबार ०४, माघ २०७४ ०१:३८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस