Lamhe

09:15 PM - 10:00 PM

Monday, June 25 2018, 21:19 | सोमबार ११, असार २०७५ २१:१९
युट्यूबबाट पैसा कमाउन खोज्दै हुनुहुन्छ ? जान्नुहोस युट्यूबका नयाँ नियम !

बिहिबार, ०४ माघ २०७४| Radio Dhangadhi
युट्यूबबाट पैसा कमाउन खोज्दै हुनुहुन्छ ? जान्नुहोस युट्यूबका नयाँ नियम !

माघ   ४  – पैसा कमाउने उद्देश्यले युट्यूब च्यानल खोल्दै हुनुहुन्छ ? पर्खनुहोस् ! यूट्यूबले नयाँ नियम लागू गरेको छ ।

अब स–साना फूटेज भिडियो र सामान्य तरिकाबाट युट्यूबमा पैसा कमाउन त्यति सजिलो छैन् । रमाइला भिडियो र अर्काका भिडियो चोरेर तोडमरोड गर्दै आफ्नो बनाएर पैसा कमाउनेका  लागि युट्यूब त्यति सहज छैन अब । यसले गर्दा युट्यूबर बनेर पैसा कमाउने सोच बनाएका व्यक्तिलाई निराश बनाएको हुन सक्छ ।

 त्यसो त अर्काका कन्टेन्ट पढेर भिडियो बनाएर पैसा कमाउनेका लागि युट्यूबले यसो गर्नु ठिकै पनि हो । अब दर्शकलाई झुक्काएर भिडियो पोस्ट गर्नेलाई सले पक्कै निरुत्साहित बनाउँछ ।

युट्यूबको नयाँ नियमले गर्दा अब गुणस्तरीय र जानकारीमूलक भिडियो दर्शकले हेर्न पाउनेछन् । नयाँ नियमले भ्रम फैलाउनेलाई पनि कडाई गरेको छ । केही साताअघि मात्रै जापानको एउटा जंगललाई आत्महत्या गर्ने थलोको रुपमा चिनाउँदै  भ्रम फैलाइएको एउटा भिडियो युट्यूबले हटाएको छ ।

पहिले युट्यूबबाट १० हजार भिवर भएपछि युट्यूबबाट पैसा पाइन्थ्यो । अब युट्यूबबाट पैसा कमाउन एक वर्षमा च्यानलको एक हजार नयाँ सब्स्क्राइबर हुनुपर्ने र ४ हजार घण्टासम्म भिडियो हेरेको हुनुपर्ने  छ । १ वर्षमा ४ हजार घण्टा नहेरिएका र १००० नयाँ सब्सक्राइब्र्स नभएका युट्यूब च्नयानल पैसा कमाउनका लागि अयोग्य हुने भएका छन् ।

यो समाचार आजको उज्यालो अनलाईन प्रकाशित छ ।    

पैसा कमाउने उद्देश्यले युट्यूबमा जथाभावी भिडियो राखिएको भन्दै युट्यूबले  नियमलाई कडाइ गर्दै बुधबारदेखि लागु गर्ने गरी नयाँ नियम बनाएको हो । 


बिहिबार ०४, माघ २०७४ १२:४८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस