Ever Green Hindi

10:30 PM - 11:00 PM

Sunday, November 18 2018, 22:55 | आइतबार ०२, मङि्सर २०७५ २२:५५
२६/११ मुम्बई आक्रमण : मृत्युको मुखबाट निस्किएका मोशेले भने –डियर मोदी आई लभ यू

बुधबार, ०३ माघ २०७४| Radio Dhangadhi
२६/११ मुम्बई आक्रमण : मृत्युको मुखबाट निस्किएका मोशेले भने –डियर मोदी आई लभ यू

माघ २ –सन् २००८ मा मुम्बईमा भएको आतंककारी आक्रमणमा आफ्ना बुवा आमा गुमाएका मोशे हाल्जबर्ग त्यस घटनापछि पहिलो पटक मुम्बई आएका छन् । 

मुम्बईमा आक्रमण  हुँदा मोशे दुई वर्षका थिए । घटना घटेको ९ वर्ष पूरा भएको छ । तर मोशे भारत आएको खबरले यति बेला निकै चर्चा पाएको छ । आक्रमणमा उनका आमा बुवा कसरी मारिए र उनी कसरी बाँचे भन्ने जिज्ञासा सबैको मनमा रहेको छ । 

२६ नोभेम्बर २००८ को दिन रातको झण्डै पौने बजेको थियो । मुम्बईको नरीमन हाउसमा ४ जना आतंककारीले आक्रमण गरे । उनीहरुले कैयौं इजरायली नागरिकलाई पनि बन्धक बनाए । कतिपयको हत्या गरे । जसमा मोशेका आमा बुवा पनि थिए । मोशेकी आमा रेवेका र बुवा ग्याब्रियललाई उनकै अगाडि आतंककारीले निर्मततापूर्वक हत्या गरिदिए । रगतले लतपतिएको आमाबुवाको शव नजिकै बसेर मोशे रोइरहे । 

जब हमलाकारीले गोली चलाए, त्यतिबेला मोशेको हेरचाह गर्ने आया सान्ड्रा स्यामुयल भवनको तल्लो भागमा थिइन् । लगातार गोली चलेको आवाज त आयो तर माथि के भइरहेको कसैलाई केही थाहा थिएन । जब गोलीको आवाज रोकियो, सान्ड्राले मोशे रोएको आवाज सुनिन् । मुश्किलपूर्वक सान्ड्रा त्यो कोठामा पुगिन जहाँ रेबेका र ग्याब्रियलको हत्या भएको थियो । त्यस बेलासम्म आक्रमणकारी सिँढी चढिसकेका थिए । 

सान्ड्राले आमाबुवाको शवको बीचमा रगताम्मे भएर रोइरहेको मोशेलाई देखिन् । उनले चुपचाप मोशेलाई उठाइन् र कम्बलले बेरिएर त्यहाँबाट भाग्न सफल भइन् । 

आमाबुवाको मृत्युपछि मोशेलाई उनको हजुरबुवा र हजुरआमाको जिम्मा लगाइयो । सान्ड्रा पनि सँगै गइन् । सान्ड्राले इजरायलको भिषा पाइन् । सन् २०१० मा उनलाई त्यहाँको नागरिकता पनि दिइयो । उनले मोशेलाई हुर्काइन् । मोशेका हजुरबुवा रब्बी रोजेनबर्गले बीबीसीसँग कुरा गर्दै मोशे अहिले सानै भएको बताए । उनले भने, ‘जब उनी २०–२२ वर्षका हुन्छन् उनी मुम्बई गएर आफ्ना आमाबुवाले जस्तै राम्रो काम गर्नेछन् ।’

रेबेकाका बुवाले उनको अन्तिम संस्कारका बेलामा भनेका थिए कि उनी पाँच महिनाकी गर्भवती थिइन् । मोशे आफ्ना आमाबुवाका तेस्रो सन्तान हुन् । 

त्योभन्दा पहिले रेबेका र ग्याब्रियलका दुई बच्चा भए पनि स्वास्थ्यका कारण धेरै दिन बाँचेनन् । रेबेका र ग्याब्रियलको अन्तिम संस्कार २ डिसेम्बर २००८ मा जेरुसेलममा गरिएको थियो । 

मुम्बईमा सन् २००८ मा आतंककारीको निशानामा परेको यहूदी सेन्टर ६ वर्षपछि सन् २०१४ मा खोलिएको थियो ।हमलाको समयमा बन्दूकधारीले यस भवनमा पनि अन्धाधून्ध गोली प्रहार गरेका थिए । जहाँ ६ जना यहूदी नागरिकको ज्यान गएको थियो ।

इजरायल भ्रमणमा गएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोशेसँग विशेष भेटघाट गरेका थिए । यरुसेलममा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मोशेले मोदीका नाममा लेखिएको एक पत्र पढेका थिए । 

जसमा उनले भनेका थिए, ‘डियर मिस्टर मोदी, म तपाईँलाई र भारतीय नागरिकलाई एकदमै माया गर्छु, मलाई खेल्न मन पर्छ । म एक असल छात्र बन्ने प्रयास गर्नेछु । कृपया मलाई यसै गरी माया गरिरहनु होला । म आशा गर्दछु कि म कुनै नि मुम्बई आउन सकूँ ।’

यसको जवाफमा मोदीले उनलाई भरोसा दिलाएका थिए, उनी चाहेको बेला भारत आउन सक्नेछन् । अहिले उनी इजरायली प्रधानमन्त्री नेतन्याहूको भ्रमण टोलीमा नै सहभागी हुँदै भारत आएका हुन् । 


बुधबार ०३, माघ २०७४ ०३:३६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस