---
Friday, September 20 2019, 22:39 | शुक्रबार ०३, असोज २०७६ २२:३९
सलमान खानसँगको विवाहबारे युलिया वन्तुरको खुलासा

बुधबार, ०३ माघ २०७४| Radio Dhangadhi
सलमान खानसँगको विवाहबारे युलिया वन्तुरको खुलासा

सलमान खान र रोमानियाकी सुन्दरी युलिया वन्तुर बिच प्रेम सम्बन्ध रहेको र उनीहरुले बिवाह गर्ने खबरहरु बाहिर आइरहेका बेला युलिया वन्तुरले सलमानसँगको विवाहबारेमा एक कार्यक्रमबिच मिडिया सामु खुलासा गरेकी छन् । 

युलियाले भनेकी छिन ‘सलमान र म विचको सम्बन्धको बारेमा मिडियामा विभिन्न खबरहरु आइरहेका हुन्छन् । ति मध्य धेरै कुराहरु असत्य हुन्छन् । तर आफूले त्यस्ता सबै अफवाहहरु रोक्न नसकेको कुरा बताएकी छिन् । युलिया भन्छिन् ‘सलमान प्रति मेरो मनमा धेरै सम्मान छ, म आफँैलाई मेरो जिन्दगीले मलाई कता मोड्दैछ भन्ने थाहा छैन । हामीहरु आफ्नो जीवनमा धेरै योजना बनाउछौं तर ति सबै कुरा हामीले सोचे अनुसार हुदैनन् । यदि कुनै कुरा हुनु छ भने त्यो भएर छाड्छ ।’


युलियाले यसअघि आफूले कहिले पनि भारत आएर काम गर्ने नसोचेको र यसबारे कुनै योजना पनि नरहेको बताईन । उनलाई सलमानले नै भारत आएर भविष्य बनाउन सहयोग गरेको र आफूले हिन्दी गित गाउँन सोच्दै नसोचेको तर सलमानकै हौसला र सहयोगका कारण गीत गाउन सफल भएको कुरा पनि बताईन ।

युलियाले भनिन सलमान मेरा असल साथी हुन तर सलमानसँगको विवाहको खबर गलत हो । सलमान र युलिया सलमानका घरमा आयोजित केही कार्यक्रम तथा समारोहमा एकसाथ देखिरहन्छन ।

सलमानको परिवारससँग पनि युलिया निकै नजिक छिन् । सलमानले युलीयाको हिन्दी गितको लिंक ट्वीटर मार्फत सेयर गर्दै युलियालाई शुभकामना दिएका छन् । 

               उज्यालोमा ज्रकाशित छ । 

 


बुधबार ०३, माघ २०७४ ०३:२२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस