Ever Green Hindi

10:30 PM - 11:00 PM

Sunday, November 18 2018, 22:56 | आइतबार ०२, मङि्सर २०७५ २२:५६
विमानस्थलमा आक्रमण हुँदा २० को मृत्यु

मङ्गलबार, ०२ माघ २०७४| Radio Dhangadhi
विमानस्थलमा आक्रमण हुँदा २० को मृत्यु

ट्रिपोली – लिबियाको एक मात्रै अन्र्तर्राष्ट्रिय विमानस्थल मिटिगामा आक्रमण हुँदा २० जनाको मृत्यु भएको छ। 

आक्रमणमा ६ विमानमा क्षति पुगेको छ । लिबियाका स्वास्थ्यमन्त्रीले दुर्घटनाबारे सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन्  ।

उक्त आक्रमण इस्लामिक स्टेटले गराएको सरकारले दाबी गरेको छ । इस्लामिक स्टेकका लडाकूहरूले जेलमा रहेका आफ्ना समर्थकहरूलाई सरकारले बिना सर्त रिहा गर्नुपर्ने माग राख्दै विमानस्थलमा आक्रमण गरेपश्चात् सरकार तथा लडाकूबीच दोहोरो भिडन्त भएको थियो ।

 विमानस्थलमा भएको उक्त आक्रमण पश्चात् सरकारले विमानस्थल  खाली बनाउनका लागि निर्देशन दिएको छ  ।घटनाबारे अनुसन्धान जारी नै रहेको लिबियाली प्रहरीले जनाएको छ । घटनामा घाइते भएकाहरूको यकिन विवरण आउन बाँकी नै रहेको छ ।  

                                   नागरिकमा प्रकाशित छ । 


मङ्गलबार ०२, माघ २०७४ ०१:४० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस