BBC Nepali

08:45 PM - 09:15 PM

Sunday, June 24 2018, 20:45 | आइतबार १०, असार २०७५ २०:४५
छ महिनामा २४ हजार सवारी साधन कारवाहीमा

आइतबार, ३० पुष २०७४| Radio Dhangadhi
छ महिनामा २४ हजार सवारी साधन कारवाहीमा

दिनेश ठकुल्ला
धनगढी, ३० पौष । 
सात नम्बर प्रदेशमा छ महिनाको अवधिमा करिव २४ हजार सवारी साधन कारवाहीमा परेका छन ।

चालु आर्थिक वर्षको हालसम्ममा ट्राफिक नियम उल्लङघन गर्ने २४ हजार ३ सय ७८ सवारी साधनलाई कारवाही गरिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका अनुसार साउनमा ३ हजार ५ सय ९४, भदौमा ४ हजार १ सय ६३, असोजमा ४ हजार ८ सय ४१, कार्तिकमा ५ हजार १ सय १४, मसिरमा ३ हजार ५ सय ४७ सवारी साधन कारवाहीमा परेका छन ।

त्यस्तै, पौष महिनामा ३ हजार १ सय ३९ सवारी साधनलाई कारवाही गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका प्रवक्ता तथा प्रहरी निरीक्षक टेक बहादुर जोराले जानकारी दिनुभयो ।

ट्राफिक नियम उल्लङघन गर्ने २४ हजार ३ सय ७८ सवारी साधनलाई कारवाही गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले छ महिनामा ति सवारी साधनलाई कारवाही गरे वापत झण्डै साढे एक करोड रुपैया राजस्व सकलन गरेको जनाएको छ ।

साउनमा २० लाख २४ हजार, भदौमा २३ लाख ९३ हजार पाच सय, असोजमा २७ लाख ३५ हजार पाच सय, कार्तिकमा २९ हजार ६८ हजार, मसिरमा १९ लाख ९९ हजार पाच सय राजस्व सकलन भएको छ ।

 यसैगरि पौष महिनामा १७ लाख ६९ हजार पाच सय राजस्व सकलन गरेको क्षेत्रीय क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले चालु आर्थिक वर्षको हालसम्ममा एक करोड ३८ लाख ९० हजार राजस्व सकलन गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका प्रवक्ता तथा प्रहरी निरीक्षक जोराले बताउनुभयो ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका अनुसार कारवाहीमा पर्ने सवारी साधनको सख्या वर्षेनी बढदै गएको छ ।

ट्राफिकले मादक पदार्थ सेवन गरि सवारी चलाउने चालक, लाईसेन्स र ब्लुवुक नभएको, क्षमताभन्दा बढी सामान र यात्रु हाल्ने सवारीलाई कारवाही गर्ने गरेको छ । 
 


आइतबार ३०, पुष २०७४ ०५:२१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस