BRAIN QUIZ

04:00 PM - 05:00 PM

Friday, September 21 2018, 16:24 | शुक्रबार ०५, असोज २०७५ १६:२४
अत्यधिक मदिरा सेवन गर्ने बानीले जीवन बर्बाद हुदै

आइतबार, ३० पुष २०७४| Radio Dhangadhi
अत्यधिक मदिरा सेवन गर्ने बानीले जीवन बर्बाद हुदै

एफएम संवाददाता
अछाम ३० पुष ।   अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानीले थुपै्र अछामीको जीवन नै बर्बाद हुन थालेको छ ।

दुर्गम गाउँसम्म सहजै उपलब्ध हुने मदिरा सेवनको कारणले कलिलै उमेरमा थुप्रैको जीवन बर्बाद हुने स्थितिमा पुगी समाज नै आक्रान्त बन्न थालेको छ । करिब २४ वर्षपछि २०६८ चैतदेखि मदिराको खुला बिक्रीवितरण शुरु भएको अछाममा मदिराको सही व्यवस्थापन हुन नसक्दा त्यसबाट नकारात्मक असर देखिन थालेको छ ।

गाउँगाउँमा सहजैरुपमा उपलब्ध हुने कमसलखालको मदिरा सेवनकै कारणले थुपै्र मानिसको जीवन बर्बाद हुने स्थितिमा पुग्न थालेको छ । पचहत्तर युपीको न्यूनतम २५÷३० सम्ममा पनि मदिरा उपलब्ध हुन थालेपछि के युवा के वृद्धवृद्धा सबैमा यसको खपत बढेको छ ।

मदिरा सेवन अछामीका शरीरमा अर्बुदजस्तै बनेर जरा गाड्न थालेको छ । अत्यधिक मात्रामा मदिरा सेवनकै कारणले स्वयं व्यक्तिको स्वास्थ्य र ज्यानमा त प्रत्यक्ष असर परेको छ नै घरपरिवार र समाजमा झैझगडा बढेको छ ।

प्रहरीको अध्ययनअनुसार समाजमा हुने हत्या, आत्महत्या, कुटपिट, गालीगलोजलगायत अधिकांश घटनाका पछाडि मदिरा सेवन नै प्रमुख कारण रुपमा देखिएको छ ।

गत आवमा प्रहरीमा परेका निवेदन र उजुरीमध्ये ७० प्रतिशतभन्दा बढी घटना हुनाको पछाडि मदिरा सेवन नै प्रमुख कारणका रुपमा देखिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो । 


आइतबार ३०, पुष २०७४ ०३:२४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस