BBC Nepali

08:45 PM - 09:15 PM

Sunday, June 24 2018, 20:46 | आइतबार १०, असार २०७५ २०:४६
ट्रयाक्टर दुर्घटनाबाट एकको मृत्यु

आइतबार, ३० पुष २०७४| Radio Dhangadhi

एफएम संवाददाता
डडेल्धुरा ३० पुष । ट्रयाक्टर दुर्घटना हुदा डडेल्धुरामा एक जनाको ज्यान गएको छ । आइतबार विहान डडेलधुराको परशुराम नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।

दुर्घटनामा परि दुई घाइते भएका छन् । ज्यान गुमाउनेमा परशुराम नगरपालिका –५, का २२ वर्षीय चालक दिपक भट्टराई रहेका छन् भने त्यही ठाउँका मजदुर नवराज भट्टराई र लक्ष्मण भट्टराई घाइते भएका छन् ।  

नदीबाट बालुवा लिएर आउँदै गरेको से १ प ९५५० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले बताउनुभयो ।


आइतबार ३०, पुष २०७४ ०३:१८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस