BBC Nepali

08:45 PM - 09:15 PM

Sunday, June 24 2018, 20:49 | आइतबार १०, असार २०७५ २०:४९
बाम गठबन्धनलाई देउवाको प्रश्न : राजीनामा दिएर प्रधानमन्त्री पद कसलाई  सुम्पिने ?

एक दुई दिन भित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने

आइतबार, ३० पुष २०७४| Dinesh Thakulla
बाम गठबन्धनलाई देउवाको प्रश्न : राजीनामा दिएर प्रधानमन्त्री पद कसलाई  सुम्पिने ?

दिनेश ठकुल्ला
धनगढी, ३० पौष । 
प्रधानमन्त्री शेरवहादुर देउवाले एक दुई दिन भित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने बताउनुभएको छ ।

कैलालीको गोदावरीमा १२ राशी मकर मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अन्य राजनीतिक दलले सहमति नदिएपनि सरकार आफैले प्रदेश प्रमुख र अस्थायी राजधानी तोेक्ने जानकारी दिनुभयो ।

उहाँले सवैभन्दा बढी सात नम्बर प्रदेशको अस्थायी राजधानी तोक्न आफुलाई समस्या भईरहेको बताउनुभयो ।

राजधानीको माग गर्दै पहाड तथा तराईका जिल्लामा आन्दोलन भईरहेको  सकेत गर्दै प्रधानमन्त्री देउवाले पूर्वाधार जहा छ त्यही अस्थायी राजधानी तोकिने स्पष्ट पानुभयो ।

बाम गठबन्धनले प्रधानमन्त्रीबाट राजीनामा दिन माग गरिरहेकोप्रति सङकेत गर्दै काग्रेस सभापति समेत रहेका देउवाले प्रधानमन्त्री पद कस्लाई सुम्पिने भन्दै प्रश्न गर्नुभयो ।

बाम गठबन्धनले प्रधानमन्त्री तोक्न नसकेको भन्दै देउवाले प्रधानमन्त्रीको टुङगो लगाएमा आफुले राजीनामा दिने बताउनुभयो । 
 


आइतबार ३०, पुष २०७४ ०२:४२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस