BRAIN QUIZ

04:00 PM - 05:00 PM

Friday, September 21 2018, 16:45 | शुक्रबार ०५, असोज २०७५ १६:४५
राज्य र गैरराज्य पक्षले हेर्ने दृष्टिकोण परिवर्तन भएन दृष्टिवीहिन

हरेक  क्षेत्रमा आरक्षणको व्यवस्था हुनुपर्ने माग

आइतबार, ३० पुष २०७४| Hari Bhatta
राज्य र गैरराज्य पक्षले हेर्ने दृष्टिकोण परिवर्तन भएन दृष्टिवीहिन

हरि भट्ट
धनगढी ३० पुष । कैलालीका दृष्टिवीहिनहरुले समान्य नागरीक सरह आफुहरुलाई पनि राज्यले सेवासुविधा दिनुपर्ने बताएका छन् ।

दृष्टिवीहिन विद्यार्थीलाई अडियो बुक देखी लिएर निःशुल्क शिक्षा सम्मको व्यवस्था हुनुपर्ने माग उनीहरुको छ । यस्तैसरकारी तथा गैरसरकारि संस्थाले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन नभएको उनीहरुको गुनासो रहेको छ ।

आँखा नदेख्ने भएकै कारण आफुहरुलाई राज्य र गैर राज्य पक्षले भिन्न दृष्टिकोणले हेर्ने प्रचलनमा परिवर्तन हुन नसकेको भन्दै कैलालीका दृष्टिवीहिनले आफुहरुले पनि समान्य नागरिक जस्तै काम गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । तर त्यसका लागि अवसरको खाचो रहेको    कैलाली नेत्रहिन संघका अध्यक्ष दिलीप चौधरिले बताउनुभयो ।

 स्थानिय तह, प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनबाट भएका प्राप्त अधिकारहरु सहभागीता, समावेशीता ,समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताएका पनि दृष्टिवीहिनको माग छ ।  आफुहरुले सरकार समक्ष राखेका मागहरु अझै पनि पुरा नभएको दाबि उनीहरुको छ । दृष्टिवीहिनका लागि बनेका नीतिनियम व्यवहारतः लागु हुनुपर्ने  नेत्र हिन युवा संघ कैलालीका अध्ययक्ष अर्जुन रावालले बताउनुभयो ।

 साथसाथै दृष्टिवीहिनहरुले सवारी साधनमा यात्राका क्रममा छुट्टै सिटको व्यवस्था, विद्यालय अपाङग मैत्रि हुनुपर्ने, दृष्विीहिनका लागि पुस्तक ब्रेनलिपी भाषामा छापिनु पर्ने राष्ट्रिय दृष्टि बिहिन महासंघका सचिव अकबर जोशिले बताउनुभयो ।

 तर सरकारी पक्षले यी यस्ता मागहरुको वेवास्ता गर्दै आएको बुझाई उनीहरुको छ  । सरकारले आफ्ना माग सम्बोधन गर्न चासो नै नराख्ने गरेको तर्क पनि कतिपय दृष्टिवीहिनहरुको भनाई रहेको छ ।    
 


आइतबार ३०, पुष २०७४ १२:३८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस