---
Tuesday, December 11 2018, 02:22 | मङ्गलबार २५, मङि्सर २०७५ ०२:२२
बाह्र राशि दर्शन मकरमेलाको तयारी पुरा

शनिबार, २९ पुष २०७४| Radio Dhangadhi
बाह्र राशि दर्शन मकरमेलाको तयारी पुरा

एफएम संवाददाता
पुष २९ कैलाली
कैलालीको गोदावरिमा माघ १ गते बाट लाग्ने बाह्र राशि दर्शन मकरमेलाको सबै तयारी पुरा भएको छ । गोदावरि धाममा आईतबार बिहान ९ बजे प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

सो क्षेत्रमा  श्रीयन्त्र निर्माण, स्नान कुण्ड, मेला मैदान, शिव मन्दीर जाने बाटो निर्माण, पार्किंग व्यवस्थापन, बत्तिको व्यवस्थापन, गेट ,मन्च ,लगायत सबै संरचनाहरु तयार गरिएको छ भने गोदावरि क्षेत्रलाई निकै झकिझकाउ गरि दुलहि झैं सजाइएको छ ।

एक पटकमा झण्डै ५ सय जना भक्तजनहरुले स्नान गर्ने मिल्ने गरि कुण्ड निर्माण गरिएको समितिका सदस्य लक्ष्मण ऐरले जानकारि दिनुभयो । बाह्र राशि मकर मेलाको  भोलि उद्घाटन हुने र पर्सि माघ १ गतेबाट मेला लाग्ने गोदावरि धाम विकाश समिति संयोजक पदमराज जोशिले जानकारि दिनुभयो ।

दुईवर्ष अघि महाकुम्भ गरेर सुरु गरिएको धाममा हरेक १२ वर्षमा महाकुम्भ हुने र हरेक ६ वर्षमा अर्ध कुम्भ आयोजना हुनेछ । मेला अवधिभर सुदूरपश्चिम लगायत सिमावर्ती भारतका विभिन्न ठाउवाट गरी  लाखौ भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको छ । प्रत्येक वर्ष कुनै एक राशीमा कुम्भमेलाको योग पर्ने भएकाले कुम्भमेलाको प्रतिकको रुपमा बाह्र राशी दर्शन मकर मेला आयोजना गरीएको हो । 
 
   


शनिबार २९, पुष २०७४ ०७:१८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस