BRAIN QUIZ

04:00 PM - 05:00 PM

Friday, September 21 2018, 16:27 | शुक्रबार ०५, असोज २०७५ १६:२७
नेपाली सेनाद्धारा दुई कोठे विद्यालयको भवन निर्माण

शनिबार, २९ पुष २०७४| Radio Dhangadhi
नेपाली सेनाद्धारा दुई कोठे विद्यालयको भवन निर्माण

एफएम संवाददाता
पुष २९ डोटी
डोटीमा नेपाली सेनाले दुई कोठे विद्यालयको भवन निर्माण गरेको छ । शिखर नगरपालिका–१ को भगवती प्राथमिक विद्यालय शेरीमा सेनाको सुदूरपश्चिम पृतनाको आर्थिक सहयोग तथा सर्वेश्वर गणको श्रमदानबाट दुई कोठे पक्कि भवन निर्माण गरिएको हो ।

सेनाले निर्माण गरेको भवनको शनिबार सुदूरपश्चिम पृतनापती उपरथी झंकरबहादुर कडायतले उद्घाटन गर्नुभएको छ । विद्यार्थीलाई पठन पाठनमा राहत मिलोस भन्ने उद्देश्यले विद्यालय भवन निर्माण गरिएको पृतनापती उपरथी कडायतले जानकारी दिनुभयो ।

एक सय ५० भन्दा बढी विद्यार्थी रहेको यो विद्यालयमा चार कक्षा सम्म पढाइ हुँदै आएको छ । विद्यालय भवन नहुँदा विद्यार्थीहरु चौरमा बसेर पढ्न बाध्य भएका थिए अहिले सेनाले विद्यालय भवन बनाई दिएकाले सजिलो भएको विद्यालयका प्रधानाध्यापक सरस्वती शाहीले बताउनुभयो ।

विद्यालयमा सेनाले यसअघि फर्निचर प्रदान गरेको थियो । उक्त भवन ३ लाख २९ हजार ९ सय ९३ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सर्वेश्वर गणका सुबेदार मेजर कालुसिंह साउदले बताउनुभयो । सुदूरपश्चिम पृतनाले ०६२ साल देखि यो विद्यालयलाई सहयोग गर्दै आएको छ ।    


शनिबार २९, पुष २०७४ ०७:०६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस