BRAIN QUIZ

04:00 PM - 05:00 PM

Friday, September 21 2018, 16:24 | शुक्रबार ०५, असोज २०७५ १६:२४
पेट्रोलियम पदार्थ बोकेका गाडि कम तेल दिर्दै

शनिबार, २९ पुष २०७४| Radio Dhangadhi
पेट्रोलियम पदार्थ बोकेका गाडि कम तेल दिर्दै

एफएम संवाददाता
पुष २९ डोटी
डोटीमा नेपाल आयल निगमबाट आएको पेट्रोलियम पदार्थ बोकेका गाडिले कम तेल दिने गरेको पेट्रोल पम्प सञ्चलाकले गुनासो गरेका छन् । व्यवसायीका अनुसार निरन्तर रुपमा प्रतिट्यांकर चार प्रतिशतभन्दा बढी पेट्रोलियम पदार्थ कम आउने गरेको छ ।

 हरेक पटक पेट्रोल उठाउँदा ६ हजार लिटरको भुक्तानी दिएर चलान मगाउने गरेको भएपनि २ सय देखि ३ सय लिटर कम आउने गरेको दिपायल सिलगढी नगरपालिका–५ को एसजी फ्युल सेन्टरका सञ्चालक प्रेमबहादुर भण्डारीले बताउनुभयो ।

यो समस्या डिजेलमा भन्दा पेट्रोलमा धेरै आउने गरेको उहाँले बताउनुभयो । अछाम साँफेबगर स्थित इन्द्रसरा आयल स्टोरका सञ्चालक भीमबहादुर कुँवरको समस्या पनि यस्तै हो । ‘आफूले उठाउने १२ हजार लिटर पेट्रोलियम पदार्थमध्ये ५ सय लिटर बाटामै हराउने गरेको उहाँले बताउनुभयो ।

उहाँले १२ हजार लिटरको पैसा तिरेर ११ हजार ५ सय लिटर मात्र पेट्रोलियम पदार्थ आयल स्टोरमा आउने गरेको गुनासो गर्नुभयो । आयल निगमका कर्मचारी र ट्यांकर चालकको मिलेमतोमा यस्तो समस्या आइरहेको आरोप एसजी फ्युल सेन्टरका सञ्चालक प्रेमबहादुर भण्डारीले लगाउनुभयो ।

आयल निगमले तापक्रमको समस्या लगायत अन्य कारणले गर्दा यस्तो भएको बताउने गरेको व्यवसायी भण्डारीले बताउनुभयो । यो समस्या समाधान गर्नको लागि निगम शाखा कार्यालय दीपायल र जिल्ला प्रशासन कार्यालय डोटीमा निवेदन समेत दिइएको छ

। दिपायल स्थित नेपाल आयल निगक शाखा कार्यालयका प्रमुख निरन मगरातीले भने यस्तो समस्याको समाधान दिपालयबाट हुन नसक्ने बताउनुभयो ।   


शनिबार २९, पुष २०७४ ०७:०१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस